बरुण हाइड्रोपावरले पायो हकप्रद निष्काशनको अनुमति

काठमाडौं । बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्न पाउने भएको छ । नेपाल धितोपत्र बोर्डले आज बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।

बरुण हाइड्रोले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १ः१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । हकप्रद शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १ः१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार