IME Life

बीमाशुल्क आम्दानी झण्डै १७ प्रतिशतले बढ्दा नेपाल लाईफ सहित पाँचवटा कम्पनीको बजार हिस्सा खुम्चियो

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा व्यवसाय १६.७४ प्रतिशतले बढाउँदा नेपाल लाईफ इन्स्योरेन्स सहित पाँचवटा कम्पनीको बजार हिस्सा खुम्चिएको छ ।

आर्थिक वर्ष २०७७।७८ को जेठ मसान्तको तुलनामा १९ वटा जीवन बीमा कम्पनीको बीमाशुल्क आम्दानी १६.७४ प्रतिशतले वृद्धि भएर १ खर्ब १९ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

बीमा समितिका अनुसार आर्थिक वर्ष २०७७।७८ को जेठ मसान्तको तुलनामा नेपाल लाईफ इन्स्योरेन्स, एलआइसी नेपाल, राष्ट्रिय बीमा संस्थान, मेटलाईफ(एलिको) र गुराँस लाईफ इन्स्योरेन्सको बजार हिस्सा खुम्चिएको हो ।

नेपाल लाईफको बजार हिस्सा गत आ.व.को जेठसम्ममा २६.९४ प्रतिशत रहेकोमा यो जेठमा आइपुग्दा २५.६८ प्रतिशतमा सीमित भएको छ । त्यसैगरी एलआइसी नेपालको बजार हिस्सा गत जेठ मसान्तममा १२.३९ प्रतिशत रहेको छ । गत आ.व.को जेठसम्ममा एलआइसी नेपालले कूल बीमाशुल्क आर्जनमा १४.३५ प्रतिशत हिस्सा ओगटेको थियो । एलआइसी नेपालको बजार हिस्सा करिब २ प्रतिशतले खुम्चिएको हो ।

त्यसैगरी सरकारी स्वामित्वको जीवन बीमक राष्ट्रिय बीमा संस्थानले पनि ०.८२ प्रतिशतले कूल व्यापारमा आफ्नो हिस्सा गुमाउँदै ६.२७ प्रतिशतमा सीमित भएको छ । संस्थानको बजार हिस्सा खस्किंदा एशियन लाईफ इन्स्योरेन्सले ०.०८ प्रशितको झिनो अन्तरले सुधार्दै ५ प्रतिशत कायम गर्न सफल भएको छ । एशियन लाईफले ५ अर्ब ९७ करोड ३९ लाख रुपैयाँ कूल बीमाशुल्क आम्दानी गरेको छ ।

अमेरिकी बीमा कम्पनीको शाखाको रुपमा संचालनमा रहेको मेटलाईफ इन्स्योरेन्सको बजार हिस्सा पनि खस्किएको छ । मेट लाईफको बजार हिस्सा ०.४५ प्रतिशतले खुम्चिएर ४ प्रतिशतमा सीमित भएको छ ।

गुराँस लाईफ इन्स्योरेन्सको कूल बीमाशुल्क आम्दानी र बजार हिस्सा दुबैमा गिरावट आएको छ । गुराँस लाईफको बजार गत जेठसम्मको हिस्सा २.२९ प्रतिशत रहेको छ । गत आ.व.को जेठमसान्तसम्ममा कूल ३ खर्ब १७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेकोमा चालू आ.व. २०७८।७९ को जेठमसान्तसम्ममा २ अर्ब ७३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS