महुली लघुवित्तले एफपिओ निष्काशन गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको एफपिओ विक्रि गर्न प्रबन्धक नियुक्ति गर्ने भएको छ । यस वित्तीय संस्थाले इच्छुक अनुभवी निष्काशन तथा विक्रि प्रबन्धकलाई एफपिओ निष्काशनका लागि दर रेट पेश गर्न आह्वान गरेको हो ।

महुली लघुवित्तका अनुसार इच्छुक विक्रि प्रबन्धकहरुले लघुवित्तले सूचना प्रकाशन गरेको १५ दिनभित्र आफ्नो कम्पनीको प्रोफाइल सहित दर रेट पेश गर्नुपर्ने छ । यस लघुवित्तले सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये बाँकी ४ लाख १६ हजार १४७ कित्ता शेयर थप निष्काशन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार