IME Life

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माण गर्न व्यवसायीको माग

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणका लागि सरकारसँग आग्रह गरेको छ । महासंघको प्रतिनिधीमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग हालै भेटगरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको बताउँदै यस सम्वन्धी कानूनको व्यवस्था गर्न आग्रह गरेको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका सभापति विमल श्रीवास्तव सहित सांसदहरुसँग भेटगरी सिघ्र कानून निर्माणका लागि पहल गर्न आग्रह गरहेको हो । भेटका क्रममा महासंघको प्रतिनिधिमण्डलले कानूनमा समेटिनुपर्ने विषयहरुका बारेमा समेत जानकारी गराएको थियो ।

Prabhu
Crest

सुनचाँदी व्यवसायसञ्चालन सम्वन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध व्यवसायी मर्कामा पर्दै आएका छन् । कानून निर्माणका लागि व्यवसायीका तर्फवाट बारम्बार सम्वन्धित निकायाको ध्यानाकर्षण गराइँदै आएको भए पनि त्यसको सुनुवाई नहुँदा यो क्षेत्रमा कानूनको अभाव कायमै छ ।

भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित बिशिष्ट सदस्य मणि रत्न शाक्य, उपाध्यक्ष दियस रत्न शाक्य लगायतको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS