नेपालमा बीमा व्यवसायलाई गतिशील बनाउन के गर्ने ?

सन्तोष रिजाल। मुलुकको आर्थिक विकासमा बीमाको जति महत्व छ, त्यत्ति नै चुनौतीहरु पनि खडा छन् । अझै पनि बीमाका बारेमा मानिस चेतनशील छैनन् । बीमाको बारेमा मानिसहरुमा प्रशस्त भ्रमण छन् । आम जनताको धारणमा बीमा भनेको नेटवर्क व्यवसाय जस्तै ठगीधनदा हो भन्ने नै छ अहिलेको पनि ।

अधिकांश नेपाली जनमानसमा बीमा गर्नुपर्छ र भविष्यका लागि सुरक्षित हुनुपर्छ भन्ने चेतना ज्यादै कम छ । पढेलेखेका नागरिक नै बीमाबारे त्यत्ति धेरै जानकारी नभएको अवस्थामा आमानागरिक यसबारेमा कम जानकार हुनु स्वभाविक नै हो । आज जत्ति पनि बीमा भएका छन्, ती सबै बाध्यताले भएका हुन् । उदाहरणका लागि बैंकबाट ऋण लिँदा सुरक्षाको प्रत्याभूति चाहिन्छ । बैंकले बीमा भएको क्षेत्रमा मात्र लगानी गर्छ । अर्काेतर्फ कतिपय सरकारी प्रावधानले पनि मानिसमा बीमा गर्नैपर्ने बाध्यता छ । सवारीसाधनका तेस्रो पक्षका लागि हुने बीमा सरकारी प्रावधानका कारण बाध्यकारी छ । तर, मानिस स्वतःस्फूर्त रुपमा चेतना आउन सकेको छैन । वास्तवमा क्षतिबाट जोगिन बीमा गरिन्छ । र यसको महत्व सर्वसाधारणसम्म पुर्याउन सकिएको छैन ।

पछिल्लो समय नेपालमा पनि नयाँ–नयाँ क्षेत्रमा बीमा गर्ने अभ्यासको थालनी भएको छ । कृषि क्षेत्रलाई यस अन्तर्गत समेट्न खोजिएको छ । तर, यसका लागि दुर्गम गाउँसम्म पुग्नुपर्ने भएकोले धेरै व्यवधान पनि छन् । ग्रामीण भेगमा बीमा कम्पनीका कार्यालय स्थापना हुन सकेका छैनन् । जनतामा बीमाबारे चेतना पनि कम छ । त्यसैले कृषि बीमातर्फ जनउत्साह जगाई बीमामा सक्षिपारी गराउन पहल आवश्यक देखिन्छ । यसका लागि राज्य र सरोकार वालाले सरल बीमाको बाटो देखाउन सक्नुपर्छ ।

अर्काे तर्फ नेपाल भूकम्पकीय दृष्टिले जोखिमयुक्त क्षेत्र हो । भुइँचालोले ठूलो धनजनको क्षति गर्छ । यस अवस्थामा घरहरुको बीमा हुनुपर्ने थियो । तर, बीमाबारे जानकार केहि मानिस र बैंकको ऋण प्रक्रियामा बाध्यकारी व्यवस्था भएकाले ऋण लिने व्यक्तिहरुमध्ये कतिपयले ऋण लिए बराबरको मात्र घरको बीमा गरेका छन् । त्यसबाहेक अन्य लाखौंको संख्यामा रहेको घरको बीमा हुन सकिरहेको छैन । यसबारे जनचेतना फैलाउने काम बीमा समिति र बीमा कम्पनीकाृ पहलमा गर्नुपर्ने आवश्यक देखिन्छ ।

त्यसैगरी, शहरी क्षेत्रमा स्वास्थ्य बीमा पनि पर्याप्त हुन सकेको छैन । आज उपचारका लागि हरेक मानिसले आफ्नै पैसा खर्च गर्नुपर्ने बाध्यता छ । स्वास्थ्य बीमाका सम्बन्धमा कम्पनीहरुले पनि त्यत्ति चासो दिएका छैनन् । अर्काेतर्फ, बीमा कम्पनीमा माग दाबी गर्ने प्रक्रिया समेत केहि झन्झटिलो छ । कुनै घटना भएपछि पुलिस रिपोर्ट लगायत विभिन्न प्रकारका प्रमाणपत्र आवश्यक हुन्छन् । यसता नियमले बीमा दाबी प्रक्रियालाई झन्झटिलो बनाएको छ । तर, प्रक्रिया र नियम नपुर्याईकन तथा प्रमाण नजुटाई आएको दाबीमा बीमा कम्पनीले समेत केही गर्न सक्दैन । दाबी प्रक्रियालाई सकेसम्म सहज बनाइदिने हो भने यसतर्फ आकर्षण भने बढ्नेछ ।

बाध्यताले मात्र बीमा गर्ने आवस्था रहेसम्म मानिसमा सचेतना जगाउन सकिदैन । मानिसमा व्यापक जनचेतना जगाउन राज्यको भूमिका बढी हुन्छ । जटिल तथा प्राविधिक कुरामाम मानिस आफै जानकार हुँदैन । त्यसको महत्वबारे स्पष्ट नपारेसम्म् आम मानिसमा यसप्रति आकर्षण बढाउन सकिदैन ।

पछिल्लो समयमा भने नागरिक बीमाबारे क्रमश जानकार हुन थालेका छन् । कुनै समयमा नेपालका नागरिक भारतबाटै बीमा गर्थे । आज यो अवस्थामा परिवर्तन आइसकेको छ । अहिले बीमाबारे व्यापक जानकारी गराउन सञ्चार माध्यमको अधिक प्रयोग गर्न सकिन्छ । बीमा समितिले अहिले गरिरहेको प्रचारप्रसार अभियान ज्यादै न्यून मात्रामा छ । बीमा कम्पनीले दाबी गरे बमोजिम सबै रकम भुक्तानी गर्न सकिदैन । तर, मानिस शतप्रतिशत भुक्तानी पाउनुपर्छ भन्ने सोच्छन् ।

यसैले पनि बीमातर्फ आकर्षण बढाउन नसकिएको हो । व्यक्ति विशेषको सुरक्षाका हुनु भनेको राज्यकै सुरक्षा हुनु हो । त्यसकारण राज्यले पनि यसतर्फ थप पहल गर्नु जरुरी छ । साथै बीमा कम्पनीले आफ्नो व्यापार बढाउन पनि नयाँ–नयाँ क्षेत्रको खोजी गर्नु आवश्यक छ । वास्तवमा बीमा गर्न त्यत्ति धेरै रकम आवश्यक छैन । तर, यसले विपत्तिको जोखिम न्यूनिकरणमा ठूलो मूल्य बराबरको सुरक्षा प्रदान गर्छ भन्ने भरोसा नागरिकमा बृद्धि गर्न ढिलाई गर्नुहुन्न ।

बीमा दावीको क्षति मूल्याङ्कन सम्बन्धी
बीमा सर्भेयरको काम अत्यन्तै संवेदनशील छ । घटना भएपछि सर्भेयरले त्यहाँ पुग्नुपर्छ । क्षति मूल्याङ्कन गरि बीमा कम्पनीलाई जानकारी गराउनु पर्दछ । सो आधारमा बीमा दाबी भुक्तानी हुने चलन अन्तराष्ट्रिय स्तरमा पनि रहेको छ । बीमाबाट आउने सम्पूर्ण क्षतिपूर्ति बीमाले पाउने भन्ने खालको भूम छ । यो अवस्थाले व्यवसायिक रुपमा काम गरिरहेका छन् । बीमा व्यवसायको संस्थागत विकासका लागि उनीहरुले गरिरहेको कामका राम्रो मूल्याङ्कन हुनु जरुर छन्।

बीमा सर्भेयरहरुका समस्यामा सरकारले त्यत्ति ध्यान दिएको छैन । कतिपय भज्सारका नीति नियहरु पनि बीमा क्षेत्रलाई असजिलो बनाइरहेको छ । सिंगो मेशिन र त्यसका पार्टसहरु हुने भन्सार दरको विविधताले दाबी भुक्तानीमा असर गरिरहेको छ । यसरी त बीमा क्षेत्रको व्यवसायीक विकास हुन्दैन । दबाब र पहुँच लगाएर काम लिन खोज्ने प्रवृत्तिले सर्भेयरका समस्या बीमा क्षेत्रकै समस्या हुन् । तिनको समाधान हुनुपर्छ ।

सर्भेयरको पेशा नै कठिन छ । ऐनका कतिपय प्रावधानले पनि जटिल बनाएको छ । समयानुकूल संशोधन र सुधार हुन सक्नुपर्छ । बैंक तथा वित्तीय क्षेत्रले आफ्नो लगानी सुरक्षित गर्ने गरी बीमा गर्छन् तर बीमितको त अरु पनि क्षति भएको हुन्छ । क्षति भएपछि बीमित पिडामा हुन्छ । तर बीमा गर्दा जे जस्ता प्रावधान छन्, त्यसमा सर्भेयरले त केही गर्न सक्दैन । घटना भइसकेपछि त्यसलाई चाँडो मूल्याङ्कन गरी दाबी फस्र्याैट गर्न कतिपय कम्पनी उदासिन देखिन्छन् । यसले बीमा सर्भेयरलाई काम गर्न झन कठिन भएको छ । दाबी फस्र्यौंटले त बीम व्यवस्थाको समग्र विकासमा सहयोग पुर्याई बीमा व्यवसायलाई गतिशील बनाउने हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार