IME Life

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आज जेठ ३१ गतेदेखि ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गरेको थियो । बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको ‘१०.१५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशनमार्फत र ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

Prabhu
Crest

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ नेपालले समयमै दायित्व पूरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संकेत गर्ने केयर एनपी सिङ्गल ए माइनस रेटिङ प्रदान गरेको छ ।

यस ऋणपत्र छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ भने यस अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलोमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

खरीदकर्ताले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS