IME Life

सबैले पार्टनर खोज्दा म एक्लै हिड्छु भन्न नसकिने भयो, प्रभु लाइफका सिइओ प्रसाईसँगको अन्तर्वार्ता

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नियामकिय भुमिका हुँदै बीमा कम्पनीको कार्यकारी प्रमुखको भुमिका निर्वाह गर्ने अवसर एकदमै कमलाई हुन्छ । बीमा आफैमा प्राविधिक क्षेत्र हो अझ सबैभन्दा धेरै नियमनको दायरामा रहने पेशा पनि हो । बीमा क्षेत्रलाई राम्रो सँग बुझेका चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईलाई प्रभु लाइफले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।  नेपालको प्रष्ठित व्यवसायीक समुह प्रभु ग्रुपको लगानीमा स्थापना भएको प्रभु लाइफले विगतका वर्षमा खासै राम्रो प्रस्तुति देखाउन सकेन । कम्पनीलाई अझ उचाईमा पुर्याउने उद्देश्यका साथ नियुक्त भएका प्रसाईको भावी कार्यदिशा र योजनाका विषयमा केन्द्रित रहि उनै सन्तोष प्रसाईसँग इन्स्योरेन्स खवरका अरुण सापकोटाले लिएको अन्तर्वार्ता ।

व्यवसायका हिसावले सबैभन्दा पछाडी रहेको प्रभु लाइफलाई अग्र स्थानमा ल्याउन के कस्तो योजना बनाउनु भएको छ ?

Prabhu
Crest

वित्तीय विवरणको आकार र बजारको रणनीति हेर्दा पछाडी नै देखिन्छ । तर प्रभु लाइफ पछाडी आएको कम्पनी हो ।  अलिकति एग्रेसिभ रुपमा अगाडी बढ्ने हो भने केहि स्थान माथि उक्लिन सक्छौ । अहिलेसम्म हामी जस्तो छौं ठिकै छौं भन्ने लाइनमा बसिरहेको अवस्था देखिरहेको छु । अव सबै साथीहरुलाई मोटिभेट गरेर अगाडी लाने योजनामा छु । कतिपय बीमा योजनामा पनि परिवर्तन ल्याउनु पर्नेछ ।  गएका दुई तिन महिनाको अवधिका केहि परिवर्तन आएको छ ।

गएकै महिनामा १६ औैं स्थानमा आउँछौं जस्तो लाग्छ । तथ्याङ्क भने आउन बाँकी छ । अव यसरी नै अगाडी बढ्ने हो । भोलीको दिनमा यसलाई माथि लान सकिन्छ । किनभने सुरुमा सबै कुरा सानै हुन्छ मेहेनत गर्नुभयो र अगाडी बढ्नु भयो भने चाँही माथि लैजान गाह्रो हुन्छ जस्तो मलाई लाग्दैन ।

मार्केटिङ रणनीतिलाई कसरी परिवर्तन गर्दै हुनुहुन्छ ? तपाईले यस भन्दा अगाडी जुन कम्पनीमा काम गर्नु भयो त्यसको ब्राण्डिङमा ठुलो लगानी थियो । तर प्रभुले ब्राण्डिङमा खासै लगानी गरिरहेको छैन । अव कसरी अगाडी बढ्नु हुन्छ ?

मेले बुझेको कुरा हेर्नुस्, बजार विस्तारको लागि अहिले पनि सबैभन्दा राम्रो च्यानल अभिकर्ताकै च्यानल हो । अहिले हामीले त्यसैलाई बढी मोटिभेट गर्ने हो । अरु च्यानलहरुसँग डाइरेक्ट इन्स्योरेन्स भयो, माइक्रो पोलिसीका लागि पनि एक तहसम्म काम गरिरहेका छौ । तर हाम्रो ९० प्रतिशत च्यानल एजेन्सीबाटै हो । उनीहरुकै विश्विास जित्ने हो । उनीहरुलाई ट्रेन गर्ने हो र उहाँहरुलाई नै पोलिसी होल्डरसम्म पुर्याउने हो । पोलिसीको बारेमा बुझाउन सक्ने क्यापासिटि अपग्रेट गर्छौ । यसरी नै हामी अगाडी बढिरहेका छौं ।

बीमितलाई आकर्षित बनाउन प्रभु लाइफको ब्राण्डिङलाई कसरी अगाडी बढाउँदै हुनुहुन्छ ?

म यसलाई कसरी हेर्छु भने प्रभु लाइफ भनेको एउटा ठूलो ग्रुप हो । यसको बैंक, लाइफ र ननलाइफ इन्स्योरेन्स, क्यापिटल, हेलिकाप्टर लगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ । ठूलो ग्रुप भएपछि एउटा विश्वसनियता स्वभाविक रुपमा आइ नै हाल्छ । यसमा पनि प्रभु लाइफ लाइफलाई चिनाउन हामी आउदो वर्ष ब्रान्डिङमा विशेष फोकस गर्छौ । प्रभु लाइफ पनि एउटा विश्वासिलो कम्पनी हो भन्ने आभास गराउने योजना बनाइरहेको छु ।  ब्रान्डिङका प्लानहरु बनाइरेका छौं । त्यो चाँही हामी अर्को वर्ष लिएर आउँछौं ।

नेपालमा ठुला ठुला नाम चलेका व्यवसायिक समुहले सञ्चालन गरेका अन्य क्षेत्रहरु जति सफल देखिन्छन् त्यसको तुलनामा जीवन बीमा कम्पनीहरु भने खासै फस्टाउन सकेको देखिदैन । किन व्यवसायिक समुहको नेटवर्कले जीवन बीमा व्यवसायलाई सपोट गर्न सकिरहेको छैन ?

यस्ता समुहले सञ्चालन गरेका निर्जीवन बीमा व्यवसायमा उनिहरुकै समुहको व्यवसायको ठुलो हिस्सा ओगट्छ । ननलाइफले ५/६ वटा कर्पोरेटलाई तान्न सक्यो भने कम्पनीको व्यवसाय सानदार हुन्छ लाइफमा चाँही तपाई व्यक्ति व्यक्तिमा जानुपर्ने हुन्छ । ग्रुपले मात्रै त्यसरी ठ्याक्कै विजनेस आइहाल्छ भन्ने हुँदैन । त्यसैले हाम्रो ध्यान एजेन्सीमा केन्द्रित हुन्छ ।

संसारका कुनै पनि कम्पनीको इतिहासलाई हेर्ने हो भने अनलाइन एक लेभलमा आउँछ तर सबै अनलाइनबाट आउन गाह्रो हुन्छ । बीमा यस्तो चीज हो त्यसमा पनि लाइफ इन्स्योरेन्स विशेषगरी मान्छेले तपाइसँग प्रत्यक्ष भेटेर, तपाइको विश्वास हेरेर, एजेन्सीलाई हेरेर बीमा गरेका हुन्छन् । त्यसैले कम्पनी पछाडी रहेको हुन्छ । किनभने अभिकर्ता कम्पनीका प्रतिनिधिहरु हुन् ।

यो पर्सन टु पर्सनमा म्याटर गर्ने भएकोले अलिकति त्यो लाइनबाट केहि मदत चाँही गर्छ । तर सबै चाँही गाह्रो छ । जहाँ पनि यस्तो देखिन्छ । त्यो भन्ने बित्तिकै हरर्र बीमा आउँदैन । किनभने हाम्रै देशमा पनि बीमा त कम प्राथमिकतामा पर्छ । तपाई हामीलाई पनि आफ्ना माग पुरा गरिरहदा बीमा पहिला गर्नु पर्छ भन्ने लाग्दैन । पहिला सबै काम सकिए पछि बल्ल अन्तिम प्राथमिकतामा पर्न आउछ ।

नेपाली माटो सुहाँदो अझ यहाँको आर्थिक सामाजिक र साँस्कृतिक अवस्था अनुसार बीमा योजना अझै पनि आउन सकिरहेको छैन । यसलाई मध्यनजर गरेर केहि नयाँ योजना ल्याउने सोच बनाउनु भएको छ ?

त्यो सन्दर्भमा चाँही कस्तो छ भने सामान्यतया सबै कम्पनीको अहिले तपाइले हेर्नुभयो भने योजना उस्तै उस्तै छ । थोरै मात्र फरक छ । अब हामीले पेन्सन प्लान ल्यायो भन्दैमा सरर बिकिहाल्छ भन्ने पनि छैन । तीनै योजनाहरुमा केही नयाँपन दिन सकिन्छ । तर पहिलो कुरा भएका योजना पनि धेरैले बुझेका छैनन् । मानिसहरुले मनि व्याक, होल लाइफ जस्ता बीमा पोलिसीलाई नै बुझेका छैनन् ।

त्यो सन्दर्भमा बीमा समितिले पनि आफ्नो गर्नुपर्ने काम मजाले गरिरहेको छ । ठाउँ ठाउँमा प्रोगामहरु गरिरहेको छ । मान्छेलाई बीमा सम्बन्धी सचेतना आइरहेको छ । सरकारले बजेट मार्फत ४० हजार रुपैयाँसम्म कर छुटको व्यवस्था गरेको छ । माइक्रोइन्स्योरेन्सका कुराहरु आएका छन् । धेरै कुराहरु प्राथमिकतामा पर्न थालेको छ । अथवा राज्यले प्राथमिकता दिन थालेको छ । त्यसले पनि माहोल अलिकति बढ्छ । त्यो अन्तर्गत योजनाहरु पनि डिजाइन हुन्छन् । हामीले हिजोको दिनमा ६० देखि ४० वर्षको मानिसलाई बीमा चाँहिन्छ भन्थ्यौ । यसैपालिदेखि मोटालिटी रेटमा परिवर्तन गरिएको छ । त्यो अनुसार मान्छेको औषत आयु पनि बढिरहेको छ । अब साँच्चै ७० वर्ष मात्रै हो त ? ७० वर्षसम्म मान्छेलाई खासै केही नहुने जस्तो भइसक्यो । त्यही अनुसार हामीले प्लान गर्नुपर्छ र हामी त्यसैमा छौं । आउने वर्षको लागि ३,४ वटा प्लानमा हामी काम गरिरहेका छौं ।

बीमा समितिले २०७९ चैत मसान्तसम्म न्यनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ । प्रभु लाइफको क्यापिटल प्लान के छ ?

बीमा समितिले १ वर्षमा तपाईहरुले प्लान हालिरहनुपर्छ भन्दा त्यसमा धेरै उपायहरु पनि छैन । कि तपाईले एकैचोटी यो स्थितिमा पैसा हाल्न पनि त्यत्ति सजिलो छैन । र तपाइले राइट शेयर दिन पनि त्यसलाई टाइम लाग्छ । हकप्रद दिने टाइम भएको हो कि होइन वान इज टु वान त्यो पनि हेर्नुपर्ने कुरा छ ।

अहिले सबै कम्पनीहरु मर्जरमा गइरहेको बेला तपाई म एक्लै हिड्छु भन्दा पनि गाह्रो छ । त्यही भएर एक तहमा पार्टनर खोजी भइरहेको छ । एक तहको कुरा भइरहेको छ । र त्यो भन्दा फरदर चाँही केही कुरा भएको छैन । यदि हाम्रो योजना स्वीकृत भयो भने केहि वर्षमा हकप्रद र बोनस शेयर दिन तयार छौ । हैन भने हामी मर्जरमा जान तयार छौं ।

साँच्चै हिजोको कम्पनी एक तहमा आउन पर्छ भने त्यसका आफ्नै किसिमका कारणहरु छन् । त्यही अनुसार रेगुलेटरले साँच्चै केही बुझेर सोचेर अध्ययन गरेर अगाडी बढाएको प्रक्रिया जस्तो लाग्छ । त्यही अनुसार हामी पनि हिँड्नु भन्दा अरु बिकल्प हामीसँग छैन ।

५ वर्षअघि बीमा समितिले एकैचोटी १० वटा कम्पनीलाई लाइसेन्स दियो त्यसैमा प्रभु लाइफ पनि आयो । यसले बीमाको पहुँच बढाएको छ । अहिले नै पूँजी बृद्धि गर्नु पर्ने आवस्यकता हो ?

लगभग ५ वर्ष भइसकेको छ । यो एक वर्ष दुई वर्षभन्दा पनि ५ वर्षमा कम्पनीले केही प्रस्तुती गर्नैपर्छ । जतिखेर दिइरहेको थियो सम्भवत केही अध्ययन गरेरै ल्याएको होला । बीमा समितिलाई अहिलेको ट्रेन हेर्दा प्रतिष्पर्धालाई हेर्दा अलिकति कम्पनी बढी भएको हो कि भन्ने लागेको हुन सक्छ । त्यो बिचमा निर्णय गरेको होला । यो नियामकले गरेको निर्णय हो । त्यसले गर्दा सोही अनुसार नै हामीले अगाडी बढ्नुपर्छ । केही अध्ययन भएकै छ । केही हिसाबमा एउटा समिति बनाएर कुरा अगाडी बढे अनुसार क्रस होल्डिङका कुराहरु दुईवटा हुनुभन्दा एउटा हुनु बेटर हो ।

नन क्रस होल्डिङभएका साना कम्पनीहरु जस्तै हामी छौं । हामीहरुले पनि अब सानो कम्पनी भन्दा ठूलो कम्पनी जसको ‘मसल’ पनि ठूलो होस् । जसलाई मर्ज गरिसकेपछि एकखाले सिनिर्जी पनि  हुन्छ । एकै ठाउँ दुईवटा शाखा छ भने मर्ज हुने भए । कर्मचारी पनि राम्रा कर्मचारी रहने भए । दूईवटाको सिनर्जी राम्रो हुने भन्दै गर्दा मर्ज आफैमा नराम्रो हुने भन्ने चाँही होइन । तर यसको चाँही यो टाइम राइट टाइम हो कि होइन भन्ने कुरा बीमा समितिले प्रशस्त अध्ययन गरेरै वर्कआउट गरेकै होला । त्यो हिसाबमा मर्ज चाँही त्यत्ति नराम्रो कुरा जस्तो लाग्दैन मलाई । अब यसका ‘प्रोज एण्ड कन्स’ छँदैछ । गर्न सक्यो भने राम्रै छ गर्न सकेन भने त्यसको पोष्ट मर्जर त्यसको मेरिट्स पनि धेरै छन् डिमेरिट्स पनि धेरै छन् । त्यसलाई कसरी लिने कसरी म्यानेज गर्न सकिन्छ त्यसको व्यस्थापन रेगुलेटरीले म्यानेज गर्दा चाँही त्यत्ति नराम्रो होइन ।

नेपालमा कति वटा जति जीवन बीमा कम्पनी भए पुग्ला ?

तपाइले यसो हेरिराख्दा हिजो १० वटा कम्पनी भइराख्दा ९ वटा लाइफ इन्स्योरेन्स भइराख्दा लाइफ इन्स्योरेन्सको पेनिटेसन ६ प्रतिशत थियो । र आज १९ वटा कम्पनी भइराख्दा लाइफ इन्स्योरेन्सको पेनिटेसन अराउन्ड २५ प्रतिशत भन्दा धेरै छ । यति नै कम्पनी ठिक हो भन्ने कुरा चाँही त्यसको डिमार्केन केहिमा हुन्छ जस्तो लाग्दैन । त्यो अन्तर्गत रेगुलेटरलाई के चाँही राम्रो लागेको हुन सक्छ कि मैले सानो तिनो १९ वटा कम्पनी हुनुभन्दा ४ वर्ष अगाडी लाइसेन्स लियो तर अब चाँही जुन खालको प्राक्टिस मार्केटमा भइरहेको छ, त्यो २० वटा कम्पनी हुनुभन्दा क्रस होल्डिङ छन् त्यो एउटा कम्पनी भएर ल्याउँ । अरु जो नयाँ कम्पनी छन् उनीहरुले पनि उपयुक्त साथी खोजेर सबै गुड बाइसेस भएको अलिकति बलियो कम्पनी गुड अफ पेड भएको छ भने यसको खर्च गर्ने क्यापसिटि बढ्छ । उसले बीमा ल्याउने क्यापसिटी बढ्छ । उसको नेटवर्किङ बढ्छ । जो मान्छे दुईतिर लडाई गरिरहेका थिए एकै ठाउँ हुन्छ । त्यो हिसाबमा चाँही यत्ति नै भन्न गाह्रो हुन्छ । तर मर्जरको आवश्यकता महसुस गरेर नै अगाडी बढेजस्तो लाग्छ ।

बीमा समितिले एकातिर मर्जरको प्लान ल्याइराखेको छ, अर्का तिर माइक्रोइन्स्योरेन्स कम्पनी खोल्ने तयारी गरिरहेको छ । यसले एकातिर कम्पनीको संख्या घटाउने प्रयास गरिरेहको छ । बीमा समितिले फोर्स मर्जर भनेको छैन । तर व्यवहार चाँही त्यस्तै छ । माइक्रोबाट लचिलो भएर कम्पनी थप्ने जस्तो पनि देखिन्छ ।  माइक्रोइन्स्योरेन्सको आवस्यकता छ ?

लाइफ इन्स्योरेन्स र ननलाइफ इन्स्योरेन्सलाई एउटै बास्केटमा हालेर हेर्न मिल्दैन । माइक्रो भनेको माइक्रो नै हो । धेरै लो बजेट भएकालाई यो गर्नु ठिक हो । तपाइले सोधेको प्रश्नमा चाँही यो दुइवटै उस्तै उस्तै हुन आउँछ । पुराना कम्पनी चाँही मर्ज गराएर त्यस्तै नयाँ कम्पनी ल्याएको भएचाँही यो प्रश्न अनुसार ठिकै हुन्थ्यो । अहिले तपाइले हेर्नुभयो भने चार वटा मालिकहरुको एउटै कम्पनी छ । त्यसलाई अब २ वटा बनाउन, त्यो आफैमा नराम्रो होइन । मैले त्यसलाई पोजेटिभ लिएको छु ।

मार्केटलाई हेर्ने हो भने माइक्रो पोलिसी निड हो ?

मर्जर चाँही निड हो ।  माइक्रो इन्स्योरेन्स  पहिलेदेखि गभरमेन्टको कुरा चाँही भइरहेको दछ । काँही न काँही निड हो होइन रेगुलारीटिले छानविन गरेर डिसाइड गर्ला । हामीले यसरी यो निड हो यसो हुनु हुदैन थियो यो हुनुपर्छ भन्नु हाम्रो अध्ययन छैन । जसले अध्ययन गरिरहेको छ सायद केहि सोचेरै ल्याएको होला । त त्यसले खासै नराम्रो गर्छ जस्तो पनि लाग्दैन मलाई । माइक्रो भनेको एकदमै तल्लो तहमा जाने हो । सामान्य एउटा तल्लो तहको वर्गलाई यसले कभर गर्छ । लाइफसँग एउटै बासकेटमा हाल्न मिल्दैन ।

पछिल्लो समयको आर्थिक मन्दीले जीवन बीमा ब्यवसायमा कस्तो प्रभाव पारिरहेको छ ?

एकदमै असर गरेको छ । जसले पनि आफु सँग भए भए मात्रै बीमा गर्ने हो । मार्केटमा पैसा छैन । बैंकले कर्जा दिदैन सबैमा क्राइसिस छ भने मान्छेको प्रायोरिटिमा बीमा हुँदैन । त्यहि भएर तपाइले हेर्ने हो भने बीमा उद्योग असार पछि बढ्छ । अहिलेको मितिमा १७, १८ प्रतिशतले बृद्धिदर घटेको छ । यस पटक हाम्रो ग्रोथ २० देखि ३० प्रतिशत हराहारीमा हुन्छ ।

बीमा कम्पनीहरुले अहिलेसम्म व्यवसाय विस्तारमा मात्रै ध्यान दिँदै आइरहेका छन् । अब लगानी व्यवस्थापनलाई पनि  ध्यान दिने बेला भएन ?

बेला भइसक्यो । जहिले पनि के हुन्छ भने बीमा उद्योगको आम्दानीलाई मूल्याङ्कन गर्न सकिदैन । जस्तो तपाइले ६ प्रतिशतमा पैसा लिनुभयो ९ प्रतिशतमा कसैलाई लाउनुभयो भने ३ प्रतिशत स्प्रेड हुन्छ भन्ने छैन । हाम्रो अहिलेको स्थिति के छ भने बैंकले राम्रो दियो भने हाम्रो पनि राम्रो हुन्छ । बैंकले राम्रो दिन सकेन भने हाम्रो पनि राम्रो हुँदैन । किनभने हाम्रो ७० प्रतिशत लगानी यसैमा छ । नियामकले अहिले केहि परिमार्जन चाँही गरेको छ ।

हामी पोर्टफोलियोमा चाँही जानुपर्छ । तपाइले संसारका ठूला ठूला इन्स्योरेन्स कम्पनीहरुलाई हेर्नुहुन्छ भने उनीहरुरुले विविध क्षेत्रमा लगानी गरेको हुन्छन् । कसैले रियलइस्टेट, कसैले रियल इस्टेट अन्तर्गतको ठूला ठूला भवनहरु बनाउन लगानी गरेको हुन्छन् । अब चाँही समय आयो कि जस्तो लाग्छ । त्यसका लागि निश्चित पुर्वाधार र मोडालिटी चाँही निश्चित हुनुपर्छ । किनभने हामी एउटै कम्पनी वा दुई चारवटा कम्पनी एउटै पुर्वाधारका क्षेत्रमा जाने भन्ने होइन । अहिले पनि गरिरहेको छ । जस्तै कृषि विकास बैंकमा दिएको निक्षेप कृषि क्षेत्रमा लगानी भएको छ । अप्रत्यक्ष रुपमा  कहि न कहि गइरहेको छ । अब बिस्तारै प्रत्यक्ष रुपमा सहभागि हुनुपर्छ कि भन्ने लागीरहेको छ । यसैकारण ‘अन्डरराइटिङ प्रोफिट’ जहिले पनि उस्ता उस्तै हुन्छ । त्यो भनेको भ्यालुयसन प्रोफिट हो । इन्भेष्टमेनट प्रोफिटतिर अलिकति ध्यान दिनुपर्ने बेला चाँही आएको छ । बीमा कम्पनीलाई ठाउमा आउन ५/७ वर्ष लाग्छ । अहिलेका ठुला कम्पनीहरुले पनि लाभांश दिन ८/१० वर्ष लागेको पाइन्छ ।

बीमा समितिले ५ वर्षको अवधिमा फ्युचर बोनसका लागि सत प्रतिशत प्रोभिजनिङ गर्न निर्देशन दिएको थियो । तर कम्पनीहरुले यसमा समय थप गर्न आह्वान गरिरहेका छन् । यहि कारणले बीमा कम्पनीहरुले समयमा साधारणसभा गर्न सकिरहेका छनन् । यसलाई कसरी व्यवस्थापन गर्न सकिएला ?

यसलाई बीमा समितिले लगभग व्यवस्थापन गरिसकेको छ । समितिले फ्युचर बोनस प्रोभिजनिङका लागि ५ वर्षको समय दिएको छ । लगभग धेरै कम्पनीहरुले ५० प्रतिशत प्रोभिजनिङ गरिसकेका छन् । साना कम्पनीहरुलाई प्रोभिजनिङ गर्न सजिलो हुन्छ भने ठुला कम्पनीलाई गाह्रो पर्छ ।

यस्तो प्रोभिजनिङले पोलिसीको बोनसदरलाई स्थिरता कायम गर्न यो राम्रो साधन हो । एउटा कम्पनीले यस वर्ष ७० रुपैयाँ बोनस दिन्छु भन्छ अर्को वर्ष ३५ रुपैयाँमा झार्यो भने पहिला नै थाहा हुनु पर्छ । यसले कम्पनीलाई राम्रो बनाउछ ।

तर अहिले बोनसदरका विषयमा सिद्धान्त पनि परिवर्तन भएको छ । धेरै बोनस हुँदा बीमा शुल्क पनि धेरै हुन्छ । प्रिमियम कम हुँदैमा बोनस धेरै हुँदैन । बोनस धेरै छ भने प्रिमियम पनि बढि हुन्छ । मानिसहरुले यस हिसावले नहेरेको मात्रै हो । पोलिसी साच्चै नाफामुलक छ कि छैन भन्ने कुरा आइआरआरले निर्धारण गर्छ । बोनस धेरै भएको कम्पनीलाई यसो हेर्दा बीमा शुल्क पनि धेरै नै हुन्छ । अहिले धेरै मानिसहरुको प्राथमिकतामा कम बीमा शुल्कमा ठिक्क बोनस भए पुग्छ भन्ने रहेको छ । नेपालकै सन्दर्भमा ठुला कम्पनीकै बोनसदरमा स्थिरता छैन ।

पछिल्लो समय बीमा कम्पनीहरुले पोलिसी डिजाइन गर्दा नै डबल तेब्बर भन्दै मार्केटिङ गरिरहेका छन् । यसरी कम्पनीहरुले सुरुमै डबल तेब्बरको ग्यानेन्टी गर्ने हो भने त बोनसदर किन चाहियो ?

कम्पनीहरुले ज्ञारेन्टी गरेका योजनाले योजना अवधिभर दिनु पर्छ । यसरी बोनसदरलाई ज्ञारेन्टी गर्दा यसको मूल्य पनि धेरै माथि पर्न जान्छ । कतिपय कम्पनीहरुले एउटा प्रोडक्ट खरिद गर्दा अर्को प्रोडक्ट फ्रि भन्छन् । वास्तविकतामा त्यस्तो हुँदैन । खासमा एउटा पोलिसीमा पर्ने बीमा शुल्कले दुई वटा पोलिसी आउने बनाउने मात्रै हो । केवल यो मार्केटिङको खेल मात्रै हो । सुनिश्चित गर्नु भयो भने त्यो आफैमा नराम्रो योजना होइन तर मूल्य भने धेरै नै हुन्छ । अहिले नै सुनिश्चित गरियो भने भोलिका दिनमा त्यो योजनामा बोनसदर घटाउने अवस्था रहदैन ।

तपाईले केहि समय नियामक निकाय बीमा समितिमा काम गर्नु भयो । समितिको जागिर छाडेर बीमा कम्पनीमा काम गर्दा नियामक र बीमा कम्पनीहरु विचमा के कस्तो ग्याप पाउनु भयो ?

नियामक भए पछि नीति निर्माण तहमा हुन्छ । बीमा कम्पनीमा आए पछि आफुले जे जे गर्नु पर्ने हो त्यो गरिरहन्छ । बीमा कम्पनीमा यस बाहेक टार्गेटहरु पुरा गर्नु पर्छ । टार्गेट पुरा गर्न अझ बढि मिहिनेत गर्नु पर्छ । नियामक भित्र रहेर पोलिसी बनाइरहदा व्यवहारिक अभ्यास थाहा हुँदैन । कम्पनीमा आउदा प्राक्टिकल पनि कति गाह्रो छ भन्ने थाहा हुँदो रहेछ ।

नियामकको रुपमा बीमा समितिले पनि कुनै पोलिसी बनाउनु अगाडी सबैलाई बोलाएर छलफल गर्नुहुन्छ । यसले गर्दा नियामक हुँदैमा व्यवहारिक अभ्यास हुनै पर्छ भन्ने नहुदो रहेछ । हामीबाट नियामक त्यस्तो टाढा पनि छैन कि ज्ञाप पुरा गर्न नसकियोस् । दुबैको अनुभव लिन पाउदा म एकदमै खुसी छु ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS