SKIP THIS

IK Anniversary
IME Life

आदर्श लघुवित्तको आइपीओ पर्यो कि परेन? हेर्नुहोस् ४ तरिकाबाट नतिजा

SPIL
NIC ASIA

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओ नतिजा भने केही समयपछि मात्र हेर्न सकिने बिक्रि प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।

आइपीको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np/ , सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.np/ बाट र आदर्श लघुवित्त कम्पनीको वेबसाइट https://www.adarshamicrofinance.com/ बाट हेर्न सकिने छ ।

Prabhu
Crest

साथै, मेरो शेयरको वेबसाइटबाट आफुले आइपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ

क्यापिटलका अनुसार आइपीओमा १६ लाख ७४ हजार ६ सय ५२ जनाबाट १ करोड ८४ लाख २४ हजार ९ सय कित्ताको लागि आवेदन परेको छ । १ हजार ८ सय ५८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका १६ लाख ७२ हजार ७ सय ९४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार कुल ६ हजार २ सय ६१ जनाले मात्र शेयर पाएका छन् । ६ हजार २ सय ६१ जना मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्। यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख बढी आवेदन हात खाली भएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS