IME Life

रसुवागढी हाइड्रोपावरले आजदेखि आइपीओ विक्री गर्दै, क-कसले दिन पाउँछन् आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले आज असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई साधारण शेयर आइपीओ निष्काशन तथा विक्री गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ६८ लाख ४२ हजार १०० कित्ता आइपीओ आयोजना अति प्रभावित क्षेत्रका वासिन्दालाई निष्काशन गर्न लागेको हो ।

आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं ४ गोल्जुङ र वडा नं ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा उक्त आइपीओ विक्री गर्न लागेको हो ।

Prabhu
Crest

उक्त आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिनेछ । ईच्छुक स्थानीय वासिन्दाले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जनाएको छ ।

यस आइपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सह विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् ।

उक्त आइपीओमा विक्री प्रबन्धकसँगै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS