IME Life

सूर्या र ज्योति लाइफका अध्यक्षले गरे मर्जरको सहमतिपत्रमा हस्ताक्षर, मर्जर पछि यस्तो बन्नेछ कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । संझौतापत्रमा हस्ताक्षर लगत्तै दुबै कम्पनीका अध्यक्षले कर्मचारी नहटाउने सहमति भएको जानकारी दिएका छन् ।  दुबै कम्पनीका अध्यक्षले यो प्रारम्भिक सहमति भएको भन्दै डिडिए पछि मात्रै स्वाप रेसियो तय हुनुका साथै मर्जरका बाँकी काम तय हुने सहमति गरेका छन् ।

मर्जर पछि दुई बीमा कम्पनीको पूँजी कोष ६ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ । हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने ज्योति लाइफको २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यहि बराबरी हैसियतमा मर्जर भयो भने चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । स्वाप रेसियो कम्पनीको डिडिए पश्चात मात्रै तय हुने कम्पनीले जनाएका छन् । त्यस्तै मर्जर पछि जगेडा कोषमा एक अर्ब १६ करोड नाघ्नेछ । मर्जर पछि कम्पनीले सजिलै पूँजी जुटाउन सक्ने छन् ।

Prabhu
Crest

अहिलेको अवस्थामा ज्योति लाइफको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ रहेको छ भने सूर्याको जम्मा १२० रुपैयाँ छ । दुई कम्पनीको मिलन पछि जीवन बीमा कोषमा १९ अर्ब एक करोड रुपैयाँ जम्मा हुन्छ ।

शाखा सञ्जाल तथा अभिकर्ताको नेटवर्कमा सूर्या लाइफ धेरै अगाडी छ । हाल सूर्याको कर्मचारी ४०५ जना छन् भने ज्योतिको ४०४ जना छन् । प्रतिशेयर आम्दानीमा सूर्याको भन्दा ज्योति अगाडी देखिन्छ । व्यवस्थापन खर्चमा सूर्या अगाडी रहेको छ तर ज्योतिको धेरै कम छ । यसले गर्दा केहि हदसम्म व्यवस्थापन खर्चमा केहि सन्तुलन हुने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS