IME Life

सूर्या र ज्योति लाइफ विच मर्जरको सहमति, आज साँझ सम्झौतापत्रमा हस्ताक्षर हुँदै

SPIL
NIC ASIA

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी विचमा मर्जरको सहमति भएको छ । दुबै कम्पनीले आज साझँ पाँचतारे होटलमा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरेका छन् ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् । स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुने एक कम्पनीका उच्च अधिकारीले जानकारी दिए ।

Prabhu
Crest

बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरका लागि लगातार दवाव दिए पछि सूर्या लाइफ र ज्योति लाइफ मर्जरको सहमति नजिक पुगेका हुने । मर्जरका लागि अधिकाम्स विषयहरुमा सहमति भइसकेको छ ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भयो भने ४ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

बीमा समितिले चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको थियो । समितिले जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब तोकेको छ । बीमा समितिले बढाएको चुक्ता पूँजी जुटाउनका लागि हकप्रद शेयर निष्काशन गर्न नपाउने भन्दै आएको छ । कम्पनीहरुलाई केहि रकम नपुग हुँदा हकप्रद शेयर निष्काशन गर्न दिइने तर सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न भने नदिइने समितिको रणनीति रहेको छ ।

यस भन्दा अगाडी युनियन, प्राइम लाइफ र गुराँस लाइफ विचमा मर्जरको सहमति भैइसकेको छ । मर्जरको सहमति भए पनि यि कम्पनीहरुले आन्तरिक रुपमा आवस्यक प्रकृयाँ भने अगाडी बढाउन सकेका छैनन् । आज हुने यि दुई कम्पनीको सहमति पछि दोस्रो बजारमा ५ वटा जीवन बीमा कम्पनीको कारोबार रोक्का हुने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS