IME Life

राप्ती हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Prabhu
Crest

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

आइपीओमा ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS