IME Life

सानिमा बैंकले आजदेखि ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

SPIL
NIC ASIA

काडमाडौं । सानिमा बैंक लिमिटेडले आजदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेकोे ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामक ऋणपत्र विक्री गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू।३ अर्ब बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
Crest

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

ऋणपत्र खरीदका लागि असार १४ गते सम्ममा आवेदन दिन सकिने छ । उक्त समयमा माग बमोजिम आवेदन नपरेमा असार २४ गतेसम्म समय थप हुनेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा पिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी– आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS