IME Life

वित्तीय विवरण पेश नगरेपछि मेटलाईफ बाहेक सबै जीवन बीमकलाई जरिवाना

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । समयमै लेखापरिक्षण प्रतिवेदन पेश नगरेकोमा मेट लाईफ इन्स्योरेन्स बाहेक सबै जीवन बीमा कम्पनीहरु बीमा समितिको कारवाहीमा परेका छन् ।

बीमा समितिले आर्थिक वर्ष २०७७।७८ को लेखा परिक्षण प्रतिवेदन पेश नगरेको भन्दै १८ वटा जीवन बीमा कम्पनीलाई १० हजार रुपैयाँँ देखि १० हजार ५ सय रुपैयाँका दरले जरिवाना गरेको हो । यसबाहेक ३ वटा निर्जीवन बीमा कम्पनी र सरकारी स्वामित्वको पूनर्बीमा कम्पनी नेपाल पूनर्बीमा कम्पनी समेत नगद जरिवानामा परेको छ ।

Prabhu
Crest

बीमा समितिका अनुसार एलआईसी नेपाल, एशियन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सिटिजन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स १० हजार रुपैयाँ जरिवानामा परेका छन् । समितिले सरकारी स्वामित्वको नेपाल पूनर्बीमा कम्पनी समेत १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

यस्तै नेशनल लाइफ, नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, गुराँस लाइफ, आइएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा लाइफलाई १० हजार ५ सय रुपैयाँको दरले जरिवाना गरेको छ । निर्जीवन बीमकमध्ये दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको दरले जरिवाना गरेको छ ।
यी कम्पनीहरुलाई यसअघि पनि बीमा समितिले २०७६।७७ को वित्तीय विवरण समयमै पेश नगरेको भन्दै जरिवाना गरेको थियो ।

बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सो व्यवस्था बमोजिम आर्थिक वर्ष २०७७।७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनी प्रत्येकलाई १० हजार रुपैयाँका दरले नगद जरिवाना गरेको हो । त्यसैगरी समितिले यसअघि २०७६।७७ को वित्तीय विवरण समयमै पेश नगरी कारवाहीमा परिसकेका र आर्थिक वर्ष २०७७।७८ को लेखापरीक्षण प्रतिवेदन समेत नबुझाई दोस्रो पटक कारवाहीमा परेका बीमकलाई थप ५ सय सहित जम्मा १० हजार ५ सय रुपैयाँका दरले जरिवाना गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS