बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए धेरै

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर १,८४८ दशमलव २८ को विन्दुमा कायम भएको छ । १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । बजार घट्दा आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तिय संस्थानका शेयर लगानीकर्ताले कमाएका छन् । आँधिखोलाको शेयर कारोबारले आज सर्किट ब्रेक गर्न सफल भएको छ भने शेयर मूल्य ८७ दशमलव ३० रुपैयाँ कायम भएको छ ।

यसैगरी सिवाइसी नेपालका लगानी कर्ताले पनि धेरै कमाएका छन् । सिवाइसी नेपालको शेयर ९ दशलव ९९ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५५ रुपैयाँ कायम भएको छ । साथै व्वीन नेपाल लघुवित्त वित्तिय संस्थानकोशेयर ३ दशमलव ९४ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर १० दशमलव २९ रुपैयाँ कायम भएको छ । यसैगरी आज गुर्खाज फाइनान्सको शेयर १ दशमलव ९७ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३८७ दशमलव ४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार