यी हुन आज टपटेन कारोबार भएका कम्पनीहरु

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर १,८४८ दशमलव २८ को विन्दुमा कायम भएको छ । १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज लक्ष्मि बैंकको शेयर पनि धेरै कारोबार भएको छ । आज लक्ष्मि बैंकको ६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै नबिल बैंकको शेयर ५ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैक्रममा एनआइसी एसियाको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार