IME Life

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर असार १ देखि लिलामीमा विक्री खुला गरेको हो ।

कुल ९ लाख ४० हजार ४६६ कित्तामध्ये संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता रहेको छ । इच्छुक आवेदकले आज बैंकिङ समयसम्म लिलामी शेयरमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ । शेयर खरीदका लागि आवेदन दिदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै बैंक अफ काठमाण्डूको शाखा कार्यालयहरु मेनरोड विराटनगर, आदर्शनगर वीरगञ्ज, न्यूरोड पोखरा, ट्राफिक चोक बुटवल, सुर्खेतरोड नेपालगञ्ज, विरेन्द्रनगर सुर्खेत, मेनरोड चौराहा धनगढीबाट बोलपत्र आवेदन फारम पाउन र बुझाउन सकिनेछ ।

साथै समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा, मकवानपुर शाखा कार्यालय, पुतलीसडक काठमाडौं, नारायणगढ चितवन,पोखरा कास्की, बुटवल रुपन्देहीमा पनि बोलपत्र बुझाउन सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS