प्रदेश सरकारको सामूहिक विपद बीमा कार्यक्रमबाट सुदूरपश्चिमवासीलाइ राहत

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको सामूहिक विपद बीमा कार्यक्रमका कारण प्राकृतिक विपदमा परेर ज्यान गुमाएका परिवारलाई आर्थिक राहत उपलब्ध गराउन प्रभावकारी देखिएको छ ।

प्रायः बाढी पहिरोको जोखिम भइरहने सुदूरपश्चिमको विकट पहाडी जिल्लाहरुमा वर्षेनी एक सयभन्दा बढी सर्वसाधारणको बाढी पहिरोमा परेर मृत्यु हुने गरेको छ ।

प्रदेश सरकारले बाढीपहिरो, भूकम्प, हावाहुरी, आगलागी, चट्याङ, हिमपहिरो र असिनाबाट मृत्यु हुने व्यक्तिको परिवारलाई बीमा कार्यक्रममार्फत् २ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। पाउँछन् ।

बीमा कार्यक्रम लागू गरेको करिब २९ महिनाको अवधिमा ९५ जनाले मृतकको परिवारले बीमा दाबीवापतको रकम प्राप्त गरेका छन् । मृतकको संख्या यो भन्दा बढी भएपनि दाबी नपरेको तथा दाबी परेकाहरुको पनि पर्याप्त कागजप्रमाण उपलब्ध नभएको हुँदा दाबी भुक्तानी तुलनात्मकरुपमा थोरै भएको हो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार प्राकृतिक विपदका कारण चालू आर्थिक वर्ष ०७८।७९ को जेठ मसान्तसम्ममा ५४ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा ८५ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार