IME Life

प्रभु लाइफद्वारा सातै प्रदेशमा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपालभर सातै प्रदेशमा बृहत अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक प्रदेशमा अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रदेश नं. १ को विर्तामोड र इटहरी, मधेस प्रदेशको बर्दिबास र बीरगंज, बागमती प्रदेशको नारायणगढ र काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको धनगढी र लम्कीमा सो कार्यक्रम सम्पन्न भएको थियो । सबै स्थानहरुमा गरि करिब १२ हजार भन्दा बढि अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

Prabhu
Crest

प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईकोे प्रमुख आतिथ्यता रहेको कार्यक्रमहरुमा अभिकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमहरुमा कम्पनीका ना. प्रमुख कार्यकारी अधिकृत, ना. महाप्रवन्धक, ब्यवसाय प्रमुख, एजेन्सी विभागका प्रमुख, सम्बन्धित प्रदेशका प्रदेश प्रमुख लगायत कम्पनीका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । कम्पनीका उच्च ब्यवस्थापनका सदस्यहरुले उक्त कार्यक्रममा अभिकर्ताहरुलाई उत्पे्ररणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिएका थिए । कम्पनीको मेरुदण्डको रुपमा रहेका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । उक्त कार्यक्रमहरुबाट अभिकर्ताहरुले नयाँ जोश, जाँगर र थप हौशला प्राप्त गरेको कुरा व्यक्त गरे ।

वागमती प्रदेशको काठमाडौंमा २०७९ असार ०४ गत,े भव्य रुपमा आयोजित सो कार्यक्रम अपार सफलता सहित सम्पन्न भएको थियो । कार्यक्रममा ६०० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो । उत्कृष्ट अभिकर्ताहरुको सम्मान सहित, उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई कम्पनीको लोगो अंकित विभिन्न सामाग्री लगायत साम्सुङ्गको १०.५ इन्चको ट्यावलेट प्रदान गरिएको थियो । मापदण्ड पुगेका सम्पूर्ण अभिकर्ताहरु मध्येबाट १ जना भाग्यशाली अभिकर्ता जालन्धर कार्कीलाई गोलाप्रथाबाट १ थान होण्डा ग्राजिया १२५ सि.सी. स्कुटर प्रदान गरिएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS