SKIP THIS

IK Anniversary
IME Life

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, कति दियो बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ५ गते विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट लाभांश दिने भएको हो । कम्पनीले लाभांश स्वीकृतिका लागि कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा २ को प्रावधान बमोजिम नेपाल सरकार समक्ष अनुरोध गर्नेछ । साथै उक्त प्रस्ताव नेपाल सरकार नियामक निकाय बीमा समितिबाट स्वीकृत प्राप्त भई साधारणसभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर ५८ करोड २५ लाख रुपैयाँ वितरण पछि चुक्ता पूँजी १२ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यस भन्दा अगाडी २०७६/७७ सम्मको मुनाफाबाट १६.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश दिएको थियो । आइपिओ निष्काशन पछि कम्पनीले अहिलेसम्ममा २४.२६३२ प्रतिशत लाभांश हुनेछ ।

3bdb01a938117f9fd2b405d0731e9acd

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS