एनआईबिएल सहभागिता फण्डको इकाई कारोबार हुने दिन परिवर्तन

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डको इकाई कारोबार हुने दिन परिवर्तन भएको छ । यसअघि सोमवारदेखि शुक्रवारसम्म कारोबार हुँदै आएको उक्त इकाई असार १ गतेदेखि अब आइतवारदेखि शुक्रवारसम्म कारोबार हुने भएको हो ।

नेपाल सरकारले असार १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय खारेज गरेसँगै यस योजनाको इकाई कारोबार हुने दिन परिवर्तन भएको हो ।

यस इकाई आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार हुने जनाएको छ ।

शनिवार तथा अन्य सार्वजनिक बिदाका दिन कार्यालय काउन्टर बन्द रहने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार