IME Life

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँड भएको छ । एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस फण्डको १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जेठ १९ गतेदेखि जेठ २५ गतेसम्म विक्री खुला गरिएको थियो ।

क्यापिटलले सात वर्षे अवधिको बन्दमुखी योजना सञ्चालनका लागि इकाई विक्री गरेको हो । विक्री खुलाका क्रममा ९५ हजार ९९७ जना आवेदकहरूबाट ८ करोड ६५ लाख ४८ हजार २७० इकाई खरीदको आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

जसमध्ये ६९ जनाको ९ हजार ९५० इकाई खरीदको आवेदन भने रितपूर्वक नभएकाले रद्द गरिएको छ । रितपूर्वक आवेदन दिने ९५ हजार ९२९ जना आवेदकहरूलाई बीज पूँजी सहित १० करोड २० लाख इकाई जेठ ३१ गते बाँडफाँड गरिएको क्यापिटलले जानकारी दिएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS