IME Life

बीमा अभिकर्ता पेशामा महिलाको आकर्षण, काम गर्न कत्तिको सहज ?

SPIL
NIC ASIA

काठमाडौं । बीमाको लोकप्रियता बढेसँगै यसको दायरा दिनानुदिन बढ्दै गइरहेको छ । बीमा गरेपछिको फाइदा र यसले दिने सुविधाका कारण बीमाप्रति मानिसको आकर्षण बढ्दै गएको हो । बीमा गर्न मात्र नभई बीमा गराउने कामप्रति समेत रुचि बढेको देखिन्छ । शिक्षण पेशामा संलग्न शिक्षकदेखि व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुले बीमा गराउने अर्थात अभिकर्ता पेशा अंगालेको पाइन्छ । त्यसमध्ये पनि अभिकर्ता पेशामा महिलाको रुचि धेरै देखिन्छ ।

अभिकर्ता पेशा आफैमा स्वतन्त्र पेशा हो । यो पेशा गर्नका लागि कुनै निश्चित समय तोकिएको छैन । जुनसुकै समय बीमा अभिकर्ताले बीमाबारे जानकारी दिन सक्छन् । पारिवारिक भेटघाट होस् अथवा साथीभाइसँगको रमाइलो भेटघाट, बीमा पोलिसीबारे कुराकानी गर्न सकिन्छ । अन्य पेशामा जस्तो समय छुट्याइरहनु पर्दैन । कुनै कार्यालयमा कर्मचारीको रुपमा उपस्थित भइरहँदा निश्चित समय तोकिएको हुन्छ । आफ्नै व्यवसाय गर्न पनि व्यवसायको प्रकृति हेरी खट्नुपर्ने हुन्छ । तर बीमा अभिकर्ता यस्तो पेशा हो जुन पेशा गर्न कुनै पनि निश्चित समय हुँदैन । हुनुपर्छ त केवल अभिकर्तामा धैर्यता, दृढता र इमान्दारीतासँगै बोलिको प्रभावकारीता । तीनै धैर्यता बोकेर अभिकर्ता पेशामा सफल बनेकी छिन् पोखराकी निर्मला थापा बराल ।

Prabhu
Crest

लामो समयदेखि सूर्य लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा काम गर्दै आएकी निर्मलाको अनुभवमा यो पेशा सहज भने छैन । श्रीमति, बुहारी, आमासँगै विभिन्न जिम्मेवारी निभाउँदै आयआर्जन गर्न सहज नहुने उनी बताउँछिन् । त्यसमाथि समाजसँग मुखामुख गर्नुपर्ने अभिकर्ता पेशामा कठिनाई पनि उत्तिकै रहेको उनको भनाई छ । तर तमाम कठिनाइलाई सहज आफैले बनाएर अघि बढ्न सके महिलाको लागि यो पेशा अत्यन्तै उपयुक्त रहेको उनी बताउँछिन् ।

नेपाली समाजका महिलाहरु अझै पनि घरगृहस्थी सम्हाल्ने जिम्मेवारीबाट टाँढा हुन सकेका छैनन् । जसले गर्दा महिलाले आफूलाई घरपरिवारदेखि बाहिरको दुनियाँबाट अलग राख्न बाध्य छन् । एकाध महिलाहरु बाहेक अधिकांश महिलाको दैनिकि घरगृहस्थीको जिम्मेवारीले बााधिएको छ । जसले गर्दा सामाजिक मात्र नभई आर्थिक पाटोबाट समेत उनीहरु टाँढा रहने गर्दछन् । यसक्रममा अभिकर्ता पेशा भने महिलाहरुको लागि उपयुक्त पेशा बनेको छ । घरपरिवारमा व्यस्त दैनिकिबाट यो पेशाको लागि केहि समय छुट्याउँदा पनि आर्थिक आम्दानी राम्रो बनाउने महिलाहरु थुप्रै छन् । नेपालमा रहेको इन्स्योरेन्स कम्पनीमा अधिकांश अभिकर्ता महिलालाई नै देख्न सकिन्छ ।

एलआइसी नेपालमा विगत लामो समयदेखि अभिकर्ताको रुपमा कार्यरत छिन् नानु खड्का । उनी अन्य महिलाहरुलाई पनि यो पेशामा संलग्न हुन आग्रह गर्छिन । महिलामाथि समाजले राख्ने दृष्टिकोणलाई चिर्न सक्ने हिम्मत भयो भने यो पेशा जस्तो उपयुक्त पेशा अरु नहुने उनी बताउँछिन् । बीमाको बारेमा जानकारी दिनका लागि भेटघाट गर्ने, बोल्ने गर्नुपर्ने हुन्छ । कुनै पनि महिलाले पुरुषसँग निकट भएर कुराकानी गर्दा नकारात्मक सोच राख्ने गरेको उनको अनुभव छ । तर समाजको संकुचित सोचलाई चिरेर सकारात्मक नतिजा प्रस्तुत गर्दा भने यो पेशालाई सम्मान गर्ने गरेको उनी सुनाउँछिन् ।

बीमा अभिकर्ता पेशाले ज्ञानसँगै पब्लिक रिलेसन स्थापना गर्ने मौका जुटाउँछ । अभिकर्ताले आफू संलग्न कम्पनीको बारेमा साथै कम्पनीले ल्याएको पोलिसिको बारेमा विस्तृतमा जानकारी राख्नुपर्ने हुन्छ । यसरी अभिकर्ता आफू अपडेट भइरहेको खण्डमा बीमितलाई बीमा बारे राम्रो ज्ञान दिन सक्छन् । यसका लागि महिलाहरुले केही मेहेनत भने गर्नुपर्ने हुन्छ । जिम्मेवारीसँगै समयलाई व्यवस्थापन गर्न सक्ने महिलाहरुको लागि यो पेशा उपयुक्त पेशाको रुपमा स्थापित भएको देखिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS