IME Life

ग्राहक तान्न ३ महिनासम्म निःशुल्क इन्टरनेट दिंदै इन्टरनेट सेवा प्रदायक

SPIL
NIC ASIA

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुबीच व्यापार बिस्तारको लागी प्रतिस्पर्धा तीब्र हुँदा सर्वसाधारणले सित्तैमा इन्टरनेट सेवा प्रयोग गर्ने अवसर पाइरहेका छन् ।

सबैभन्दा उच्च गति र सबैभन्दा सस्तो दरमा इन्टरनेट सेवा लिएर काठमाण्डौंको बजारमा प्रवेश गरेको चौधरी समूहको सिजी नेटले पुरा ३० दिन सित्तैमा इन्टरनेट जडान गरि रहेको छ । पुराना इन्टरनेट सेवा प्रदायकको पुराना ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले सिजी नेटले उच्च गतिको इन्टरनेट अनुभव गर्नको लागी एक महिना निःशुल्क जडान गर्ने योजना ल्याएको छ । सेवाबाट सन्तुष्टी प्राप्त नभएमा इन्टरनेट सेवा अस्वीकार गर्न सक्ने सुविधा सहित सिजी नेटले बजार विस्तारको रणनीति अपनाएको छ ।

Prabhu
Crest

नेपाली बजारमा ठूलो हिस्सा ओगटेको वल्र्ड लिंक कम्युनिकेशनले पनि सिजी नेटको बजारीकरण रणनीति पछ्याउँदै १० दिनको लागी निःशुल्क इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै क्लासिक टेकले पनि इन्टरनेट सेवा नविकरण वा जडान गर्दा १२ महिनाको शुल्कमा थप ३ महिना निःशुल्क इन्टरनेट सेवाको योजना ल्याएको छ ।

सुबिसु केबल नेटले पनि पुराना ग्राहकलाई फकाउन र नयाँलाई आकर्षित गर्न वार्षिक ग्राहक शुल्क भुक्तानीमा ३० दिन निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने योजना घोषणा गरेको छ ।

भायानेटले निःशुल्क इन्टरनेट सेवा प्रदान नगरेपनि सस्तो दरमा टिभी च्यानल सहित उच्च गतिको इन्टरनेट प्याकेजको घोषणा गरेको छ ।
डिस होम फाइबर नेटले जम्मा ६ सय ९९ रुपैयाँमा ५० एमबिपिएस क्षमताको इन्टरनेट सेवाको वार्षिक ग्राहक शुल्कमा निःशुल्क डिस होम टिभी जडान गरिदिने घोषणा गरेकोे छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS