IME Life

नेपाल इन्स्योरेन्स कम्पनीको सिइओमा वीरकृष्ण महर्जन नियुक्त, आजैदेखि सम्हाले ४ वर्षे कार्यकाल

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले वीरकृष्ण महर्जनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले आज बुधबारदेखि कायम हुने गरी आगामी चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको हो ।

महर्जन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सिइओ पदबाट राजिनामा दिएको दुई दिनमै कुलिङ पिरियड छल्न गत कार्तिक ७ गते नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

Prabhu
Crest

नेपाल इन्स्योरेन्स कम्पनीले ११ महिना पछि प्रमुख कार्यकारी अधिकृत पाएको छ । निवर्तमान प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको चार वर्षे कार्यकाल गत साउन ९ गते सकिएको थियो । साउन ९ गतेदेखि कम्पनी प्रमुख कार्यकारी अधिकृत विहिन थियो ।

कम्पनीले महर्जनलाई नै प्रमुख कार्यकारी अधिकृतमा भित्र्याउन चाहन्थ्यो तर बीमा कम्पनीको संस्थागत सुशासन निर्देशिका अनुसार ६ महिनाको कुलिङ पिरियड लाग्ने भए पनि एक तह घटेरै कम्पनी छिरेका थिए ।

93db4035a7951abcb3bacfd138f03c8c

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS