IME Life

तीन ठूला जीवन बीमा कम्पनी नेपाल लाईफ, एलआईसी नेपाल र नेशनल लाइफलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र तीन ठूला जीवन बीमा कम्पनीमा पर्दछन । तीन कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को तेश्रो त्रैमासको (९ महिना) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड छ भने नेशनल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ३ करोड रहेको छ त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता २ अर्ब ६५ करोड रहेको छ । बीमा समितिका अनुसार जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी समितिले तोकेको पुँजी भन्दा पनि धेरै छ भने एलआईसी नेपाल र नेशनल लाईफको भने पुँजी कम रहेको छ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
नेपाल लाईफको जगेडा कोषमा ४४ करोड ४९ लाख संचित छ भने नेशनल लाइफको जगेडा कोषमा ५२ करोड ९२ लाख रुपैयाँ संचित छ र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जगेडा कोषमा ७० करोड ९० लाख रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा नेपाल लाईफ अघि छ । नेपाल लाईफको जीवन बीमा कोषमा १  खर्ब ३१ अर्ब छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ९० अर्ब ३० करोड छ त्यस्तै नेशनल लाईफको जीवन बीमा कोषमा ४९ अर्ब ४ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
९ महिनाको अवधिमा नेपाल लाईफले २६ अर्ब ४३ करोड कुल बीमा शुल्क आर्जन गरको छ लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १३ अर्ब ६८ करोड कुल बीमा शुल्क आर्जन गर्दा नेशनल लाईफ इन्स्योरेन्सले १० अर्ब १९ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा नेपाल लाईफ १९ करोड ४५ लाख खुद नोक्सानीमा रहेको  छ भने नेशनल लाईफ इन्स्योरेन्सले २५ करोड ५६ लाख खुद नाफा गरेको छ  र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ६० लाख खुद नाफामा रहेको छ ।

बजार मूल्य :

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS