IME Life

तारा एयरको क्षतिमूल्याङ्कन गर्न सिङ्गापुरबाट सर्भेयर झिकाइयो, ३० करोड ७५ लाख रुपैयाँको बीमा

SPIL
NIC ASIA

काठमाडौं । तारा एयरको दुर्घटना भएको जहाजको क्षतिमूल्याङ्कनका लागि सिङ्गापुरबाट सर्भेयर झिकाइएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले पुनर्बीमा कम्पनी मार्फत सिङ्गापुरबाटै सर्भेयर मगाएको हो । कम्पनीले भारतबाट पनि सर्भेयरलाई बोलाएको छ । नेपालमा हवाइ जहाजको सर्भे गर्ने प्राविधिक नहुँदा विदेशबाटै झिकाउनु परेको हो ।

जेठ १५ गते तारा एयरको विमान दुर्घटना हुँदा चालक दलका तीन जना सहित १९ जना यात्रुको मृत्यु भएको छ । आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानो सरेभीरमा दुर्घटनाग्रस्त अवस्थामा करिब १९ घण्टापछि भेटिएको थियो ।

Prabhu
Crest

तारा एयरले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा २ मिलियन डलरको बीमा गरेको छ । यस बाहेक यात्रुहरुको प्रतिव्यक्ति २० हजार डलर र चालक दलका सदश्यहरुको प्रतिव्यक्ति ४० हजार डलरको दुर्घटना बीमा गरिएको हुन्छ ।

दुर्घटनाग्रस्त विमानको क्षतिपुर्ती बापत तारा एयरले पछिल्लो अमेरिकी डलरको विनिमयदर अनुसार २४ करोड ६० लाखसम्मको दाबी पाउन सक्छ । यस्तो रकम सर्भेयरले क्षतिमूल्याङ्कन गरे पछि मात्रै थाहा हुन्छ ।

त्यस्तै एक जना यात्रु बराबर २० हजार अमेरिकी डलरका दरले दाबी पाउने व्यवस्था छ । यस दुर्घटनाबाट १९ जना यात्रुको मृत्यु भएको छ । बीमा कम्पनीले १९ जना यात्रुको परिवारलाई २० हजार अमेरिकी डलरका दरले तीन लाख ८० हजार अमेरिकी डलर भुक्तानी गर्नु पर्छ । पछिल्लो विनिमय दर अनुसार चार करोड ६७ लाख रुपैयाँ पर्न जान्छ ।

चालकदलका सदश्यहरुले बीमा बापत प्रतिव्यक्ति ४० हजार अमेरिकी डलर पाउने व्यवस्था छ । कम्पनीले पनि चालक दलका सदश्यहरुको जनही ४० हजार अमेरिकी डलरका दरले दुर्घटना बीमा गरिएको छ । जहाज दुर्घटनामा तीन जना चालकदरका सदश्यको मृत्यु भएको छ । बीमा कम्पनीले चालकदलका सदश्यहरुको परिवारलाई २ करोड ४६ लाख रुपैयाँ दाबी भुक्तानी गर्नु पर्छ ।

नेपालमा व्यवसायिक हवाई उडान सुरु भएदेखि नै यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर थियो । नेपालमा व्यवसायिक उडान सुरु भएको ५५ वर्षदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनाको बीमाशुल्क २० हजार अमेरिकी डलरबाट बढ्न सकेको छैन । यद्यपि अहिले अन्तर्राष्ट्रिय उडानका लागि प्रति यात्रु १ लाख डलरभन्दा बढीको बीमा हुने गरेको ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS