IME Life

श्वेत गंगा हाइड्रोपावरको आइपिओ जेठ २३ गतेदेखि, १५ लाख ९३ हजार कित्ता बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि यहि जेठ २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनी पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि १५ लाख ९३ हजार कित्ता आह्वान गरेको छ ।

प्रभावित क्षेत्रका बासिन्दा मध्ये रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्काशन गरिने शेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७ र मन्थली न.पा.को वडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १, २ र ३ लाख ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता बिक्री गर्नेछ ।

Prabhu
Crest

कम्पनीले आयोजना क्षेत्रका बासिन्दाका लागि छिटोमा असार ६ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार २१ गतेसम्म निष्काशन गर्नेछ । प्रभावित क्षेत्रका बासिन्दाले आह्वान गरिए जतिको लागि आवेदन नदिएमा कम्पनीले सर्वसाधारणका लागि जारी गर्नेछ ।

प्रभावित बासिन्दाले नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाउने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले रामेछाप जिल्लामा २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रतिमेगावट लागत २२ करोड ६७ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । यहि हिसावले कुल लगानी ६ अर्ब ३७ करोड रुपैयाँ लाग्ने अनुमान छ । कम्पनीले साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ७ महिना लाग्ने प्रक्षेपण गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS