IME Life

हिमालयन रिइन्स्योरेन्सको‍ मुनाफा १९ करोड ६४ लाख, खुद बीमा शुल्कआर्जन ४७ करोड ४९ लाख

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले स्थापनाको छोटो अवधिमकै विभिन्न वित्तीय सूचकमा उल्लेख प्रगति गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १९ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

हिमालयनले तेस्रो त्रैमाशिक अवधिमा ४७ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा २९ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो । ७ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड रुपैयाँ जम्मा भएको छ ।

Prabhu
Crest

दीर्घकालिन कर्जा तथा लगानी तीन अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीको अल्पकालिन लगानी तीन अर्ब ४४ करोड रुपैयाँ छ । समिक्षा अवधिमा व्यवस्थापन खर्च ९१ लाख ४४ हजार रहेको छ । अहिलेसम्मको मुनाफाबाट कर्मचारी बोनका लागि तीन करोड ११ लाख रुपैयाँ छुट्टाएको छ ।

तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले एक करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । ४७ करोड ४९ लाख रुपैयाँको व्यवसाय भित्र्याउन कम्पनीले पुनर्बीमा कमिशन बापत ९ करोड ८५ लाख रुपैयाँ खर्चिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS