IME Life

आज बजेट भाषण, यस्तो छ अर्थमन्त्री शर्माको तयारी

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै छन् । सरकारले आगामी आर्थिक वर्षको अनुमानित आय व्यय सहित सरकारको प्राथमिकतामा परेका कार्यक्रमहरुलाई विनियोजित रकम सहितको बजेट प्रस्तुत गर्दैछ ।

अर्थमन्त्री शर्माले नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान आज दिनको ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम रहेको छ । दुबै सदनका संसदहरुलाई तीन बजेर ४५ मिनेटसम्ममा आइपुग्नु पर्ने भनिएको छ । अर्थमन्त्री शर्माले शुक्रवारदेखिनै बजेट भाषणको अभ्यास गरिरहेका छन् । अर्थमन्त्रालयका प्रतिनिधिहरु आज रातभरी बजेटको तयारीमा जुटेका थिए । उनिहरुको तयारी बजेट भाषण अगाडीसम्म जारी रहनेछ ।

Prabhu
Crest

यस पटक सरकारले कोभिड १९ ले विगतका दुई आर्थिक वर्षमा पारेको प्रभावलाई समाधान गर्नुका साथै पुनरुत्थान गर्ने हिसावले बजेट ल्याउनु पर्ने बाध्यता छ । आन्तरिक र बाह्य दुबै कारणले खस्कदो अर्थतन्त्रलाई रिफर्म गर्नु पर्ने छ । बैदेशिक मुद्राको सञ्चिति र बढ्दो व्यापार घाटालाई समाधान गर्ने तत्कालिक योजनाको आवस्यकता छ । सरकारले पुर्वाधारको विकासलाई प्राथमिकता दिने चर्चा चलिरहेको छ ।

सरकारले यस वर्ष १७ खर्ब हाराहारीको बजेट बनाउने अनुमान गरिएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा व्यवसायी मैत्री कर अपनाइने उल्लेख गरेको हुँदा बजेटले करका दरमा केहि फेर बदल गर्न सक्ने अनुमान गरिएको छ ।

व्यक्तिगत आयको करको सिलिङ् बढ्ने अनुमान गरिएको छ । विगत तीन वर्षदेखि आयकरको सिलिङ बढाइएको छैन । बढ्दो महंगी र कर्मचारीको खर्च गर्न सक्ने क्षमता कमजोर हुँदै गएकाले पनि सरकारले व्यक्तिगत आयको करमा केहि परिमार्जन गर्ने अनुमान गरिएको हो ।

त्यस्तै नजिकिएको चुनावलाई लक्षित गर्दै जनतालाई आकर्षित गर्दा सामाजिक सुरक्षा भत्ता बढाउन सक्ने विश्लेषण हुँदै आएको छ । सरकारले बृद्ध भत्ताको उमेर घटाउने छलफल गरिरहेको छ । यदि प्रधानमन्त्री शेर बहादुर देउवा बृद्ध भत्ताको उमेर घटाउन सहमत भएमा अहिले ७० वर्षमा पाउने बृद्ध भत्ता ६५ वर्षमा झार्ने तयारीमा अर्थ रहेको छ । यसै वर्ष कर्मचारीको तलब पनि बढाउने पक्षमा सरकार छ ।

सरकारले यस वर्ष पनि सबै क्षेत्रबाट सुझाव माग गरेको थियो । त्यसमा बीमा क्षेत्रबाट बीमा समितिले पनि ११ वटा सुझाव दिएको थियो । यस वर्ष बीमा क्षेत्रले विगका वर्षमा भन्दा केही फरक कार्यक्रम पाउने अपेक्षा गरिएको छ । बीमाको विस्तारका लागि सरकारले केहि कार्यक्रम ल्याउन सक्ने अनुमान गरिएको छ ।

सरकारकी नीति तथा कार्यक्रमलाई हेर्दा सरकारले कोर योजनामा भन्दा पनि पपुलर कार्यक्रममा आफुलाई सिमित गर्न सक्ने देखिन्छ । तर अहिलेको समय अर्थतन्त्रलाई पुनरुत्थान मैत्री बनाउनु पर्ने बाध्यता छ । नजिकिएको चुनाव र खस्कदो अर्थतन्त्रको पुनरुत्थान गर्नु पर्ने बाध्यात्मक अवस्थामा सरकार छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS