IME Life

सरकारी स्वामित्वका दुई बीमा कम्पनीबाट लाभांश हाता लाग्यो सून्य

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले लगानी गरेका सार्वजनिक संस्थानबाट आर्थिक वर्ष २०७६/७७ मा ६ अर्ब ७२ करोड रुपैयाँ प्राप्त गर्दा सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीबाट भने पाउन सकेन । सरकारकी स्वामित्वका राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले धेरै लामो समयदेखि लेखापरीक्षण गर्न नसक्दा सरकारले लाभांश पाउन नसकेको हो । दुबैको मुनाफा र सञ्चित मुनाफा राम्रो रहे पनि लेखापरीक्षण नहुँदा लाभांश पाउन नसकेको हो ।

नेपाल सरकारले गरेको शेयर लगानीको प्रतिफल सम्बिन्धत सावजिनक संस्थानबाट लाभांश प्राप्त हुने गरेको छ । यस्तो लाभांश रकम आर्थिक वर्ष २०७३/७४ मा ७ अर्ब ७७ करोड रुपैयाँ प्राप्त गरेकोमा अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा जम्मा ७ अर्ब ७२ करोड रुपैयाँमा खुम्चिन पुगेको अर्थमन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

यसरी हेर्दा विगत चार वर्ष मध्ये तीन वर्षमा लाभांश रकममा उल्लेख्य बृद्धि भए पनि गत आर्थिक वर्षमा भने घटेको देखिन्छ । कुल शेयर लगानीको तुलनामा लाभांश अनपातको विश्लेषण गर्दा आर्थिक वर्ष २०७७/७८ मा २१४ प्रतिशत मात्रै भएको छ ।

लाभांश जम्मा ५ वटा सार्वजिनक संस्थानबाट मात्रै प्राप्त भएको र यसको ८१.६८ परतिशत नेपाल दुरसञ्चार कम्पनी तथा २.८० प्रतिशत नेपाल आयल निगमबाट प्राप्त भएको छ भने अन्य वित्तीष क्षेत्रबाट १५.५२ प्रतिशत मात्रै लाभांश प्राप्त भएको छ ।

सरकारकी लगानीका राष्ट्रिय बीमा कम्पनी र संस्थानको मुनाफा तथा सञ्चित मुनाफा राम्रो देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा संस्थानले ५ करोड ६३ लाख रुपैयाँ मुनाफा गरेको छ भने जगेडा कोषमा ३४ करोड २१ लाख रुपैयाँ छ । त्यस्तै कम्पनीको मुनाफा ३६ करोड तीन लाख छ भने जगेडा कोषमा तीन अर्ब ४५ करोड रुपैयाँ छ । लेखापरीक्षण समाप्त हुने वित्तीकै दुबैले सरकारलाई राम्रो लाभांश दिन सक्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS