IME Life

सार्वजनिक संस्थानको नाफा घट्दा सरकारले पायो जम्मा ६ अर्ब ७२ करोड लाभांश, कसको नाफा कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । सञ्चालमा रहेका ४४ वटा सार्वजनिक संस्थान मध्ये २२ वटा मात्रै मुनाफामा देखिएका छन् । अर्थमन्त्रालका अनुसार आर्थिक वर्ष २०७६/७७ मा संस्थानको कल सञ्चालन आय ४ खर्ब २८ अर्ब रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा १.५१ प्रतिशतले बृद्धि भइ ४ खर्ब ३५ अर्ब रुपैया पुगेको छ ।

गत वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ४५.४२ प्रतिशतले कमि आइ आर्थिक वर्ष २०७७/७८ मा २६ खर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७७/७८ मा सरकारले जम्मा ६ खर्ब ७२ करोड १४ लाख लाभाश प्राप्त गरेको छ । अघिल्लो वर्षको तुलनामा ५२.३३ प्रतिशतले कमि हो । जनउपयोगी र वित्तीय संस्था बाहेक अन्य संस्थानहरु नोक्सानमा छन् । सरकारले यिनै जनउपयोगी र वित्तीय संस्थाहरुबाट मात्रै लाभांश प्राप्त गरेको छ ।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दशन शर्माले हाल सञ्चालित कतिपय सार्वजनिक संस्थानले सन्तोषजनक कार्य सम्पादन गरेको देखिन्छ भने कतिपयको वित्तीय अवस्था व्यवस्थापकिय पक्ष राम्रो नदेखिएको बताएका छन् । साथै केहि सार्वजनिक संस्थानहरु विविध कारणले लामो समयदेखि सञ्चालनमा आउन पनि सकेका छैनन् । राष्ट्रिय अर्थतन्त्रले भोलिका बाह्य निर्भरता घटाइ उत्पादन मार्फत आत्मनिर्भरतालाई बढावा दिइ सामाजवाद उन्मुख अर्थतन्त्रमा योग्दान पुर्याउन सार्वजनिक संस्थालाई परिचालन गर्न आवस्यक देखिएको उनको भनाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS