IME Life

आर्थिक मन्दीको प्रभाव निर्जीवनको व्यवसायमा, बैशाखमा मात्रै २५ प्रतिशतले घट्यो (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । चैत महिनाको तुलनामा बैशाख महिनामा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २५.७८ प्रतिशतले घटेको छ । अर्थतन्त्रमा आएको मन्दीको प्रभाव निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जनमा देखिएको छ ।

आर्थिक मन्दीले कम्पनीहरुमा बीमा गर्नेको संख्या नै घटिरहेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । कम्पनीहरुलाई पुरानै व्यवसाय टिकाउन गाह्रो परिरहेको छ । नयाँ व्यवसाय नभित्रिदा बृद्धिदरमै ब्रेक लागेको उनको भनाइ छ ।

Prabhu
Crest

निर्जीवन बीमा कम्पनीहरुले बैशाख महिनामा मात्रै २ अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी कम्पनीहरुले अघिल्लो चैत महिनामै तीन अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । बीमालेख संख्यामा पनि भारी गिरावट आएको छ । चैत महिनमा २ लाख ५६ हजार वटा बीमालेख जारी भएकोमा बैशाख महिनामा जम्मा एक लाख ६१ हजार मात्रै बीमालेख बिक्री भएको छ ।

बैशाख महिनामा सर्वाधिक धेरै बीमा शुल्क आर्जन शिखरले मात्रै ४० करोड २ लाख रुपैयाँ आर्जन गर्दा दोस्रोमा हिमालयनले २५ करोड रुपैयाँ आर्जन गरेको छ । तेस्रो नम्बरमा रहेको नेकको १७ करोड ५४ लाख रुपैयाँ आर्जन भएको छ । त्यस्तै चौथो नम्बरमा रहेको सगरमाथाले १६ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । जवकी गत चैत महिनामा शिखरकै ६० करोड रुपैयाँ थियो । शिखरको मात्रै ३० प्रतिशतले घटेको छ । अधिकाम्सको व्यवसायमा गिरावट आउदै गर्दा सानिमा, एभरेष्ट र हिमालयनको भने व्यवसाय बढेको छ । मर्जरको प्रकृयाँमा रहेका दुबै कम्पनी हिमालयन र एभरेष्टकै व्यवसायमा सुधार देखिएको हो ।

चैतको तुलनामा सर्वाधिक धेरै राष्ट्रिय बीमा कम्पनीको ६० प्रतिशतले घटेको छ । तेस्रो त्रैमाशको अन्तिममा कतिपय कम्पनी तथा संस्थाहरुले बीमा नविकरण तथा बीमालेख खरिद गर्ने भएकाले पनि चैतमा धेरै देखिएको हो । अर्को तर्फ चैत महिनामा तेस्रो त्रैमाशको वित्तीय विवरण राम्रो देखाउन पनि कम्पनीहरुले बढी मार्केटिङ गर्छन् ।

तर यस पटक बैशाख महिनामा स्थानीय निकायको चुनावले पनि प्रभावित पारेको देखिन्छ । बैशाखको अन्तिममा चुनावको माहोलले सबै मानिहरु चुनावमा केन्द्रित भएकाले पनि राम्रो व्यवसाय हुन नसकेको हो । तर यसमा सबैभन्दा धेरै प्रभाव अहिलेको तरलता अभाव तथा आर्थिक मन्दी नै हो ।

कसको कति सूचि निम्न प्रकार छ 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS