IME Life

अभिकर्तालाई दिएको कर्जा असार भित्र असुल गर्न समितिको निर्देशन, अख्तियारबाटै बारम्बार ताकेता

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई असार मसान्त भित्र अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा सापटी असुल उपर गर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरुले अभिकर्तालाई प्रवाह गरेको कर्जा तथा सापटीको विवरणलाई हेर्दा सन्तोषजनक रुपमा असुल नभएको पाइए पछि समितिले सम्पुर्ण कम्पनीहरुलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बीमा समितिका अनुसार सम्पुर्ण कर्जा असुली नभएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत बारम्बार ताकेता हुँदै आइरहेको छ ।

Prabhu
Crest

बीमा समितिले पहिलो पटक २०७८ बैशाख २ गते सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई पत्र मार्फत अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा तथा सापटी २०७८ असार मसान्त भित्र फरफार गर्न निर्देशन दिएको थियो । तर अभिकर्ताहरुको चर्को विरोध तथा बीमा कम्पनीहरुको अनुरोधमा बीमा समिति केहि चलक देखिएको थियो ।

अभिकर्ताहरुलाई व्यवसाय प्रवर्द्धनका लागि दिइएको गाडी तथा मोटरसाइकल कर्जामा भने बीमा समिति केहि लचक देखिदै आएको छ । तर कर्जा तथा सापटीलाई पनि समितिले मानिरहेको थिएन । बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई फकाउन विभिन्न सेवा सुविधा दिने गरेका छन् । कम्पनीहरुले दिने यस्ता सेवा सुविधाको दुरुपयोग गर्दै अभिकर्ताहरुले प्रथम बीमा शुल्क आर्जन बढाउन प्रयोग गरेपछि समिति आक्रोसित हुँदै आएको छ । त्यसमा पनि बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई विना धितो मूल्याङ्कन करोडौ रुपैयाँ कर्जा दिनु आफैमा गैर कानुनी मानिन्छ ।

यसरी बीमा कम्पनीहरुले गैरकानुनी रुपमा कर्जा प्रवाह भएको कुरा अख्तियारसम्म पुगिसकेको छ । बीमा कम्पनीहरु बीमितले जम्मा गरेको बीमा शुल्कबाट सञ्चालन हुन्छन् । बीमितले बुझाएको बीमा शुल्कलाई कम्पनीहरुले मनलाग्दी दुरुपयोग गर्न पाउदैनन् । अहिले पनि बीमा कम्पनीहरुले ठुला ठुला अभिकर्ताहरुलाई करोडौ रुपैयाँ कर्जा दिदै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS