IME Life

नेप्से परिसूचक ८ अंकले बढ्यो, कारोबार रकम ८८ करोड ९८ लाख

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ८ दशमलव ०३ अंकले बढेर २,२३९ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज १०३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर कम्पनी, फाइनान्स र अन्य उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२२ वटा कम्पनीको २३ लाख २४ हजार ६६५ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मेगा बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ४२ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

अपर तामाकोशीको २ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३२ रुपैयाँ कायम भएको छ । जाल्पा लघुवित्त वित्तीय संस्थाको २ करोड २९ लाख रुपैयाँ रहेको छ ।

आज सबैभन्दा धेरै मेगा बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । कुमारी इक्यिटी फण्डका इकाईधनीले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ४७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS