IME Life

पूँजी नपुर्याउने बीमा कम्पनीले नयाँ शाखा र कर्मचारी थप्न नपाउने, मर्जरमा दवाव  

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले अघोषित रुपमा बीमा कम्पनीहरुलाई नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक लगाएको छ । बीमा कम्पनीहरुलाई मर्जरका लागि दवाव दिने उद्देश्यले यस्तो गरिएको बीमा समितिले जनाएको छ ।

केहि कम्पनीहरुले मर्जरको संझौता गरिसकेको र केहि मर्जरको सहमतिमा पुगेका हुँदा नयाँ कर्मचारीको नियुक्तिमा रोक लगाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । मर्जरमा गएका कम्पनीहरुले नयाँ शाखा विस्तार र नयाँ कर्मचारीको भर्ना गर्दा मर्जरमा समस्या आउने भएकाले यस्तो किसिमको निर्देशन दिइएको हो ।

Prabhu
Crest

समितिले मर्जरको प्रकृयाँमा नगएका बीमा कम्पनीहरुलाई पनि यहि हिसावले अगाडी बढ्न निर्देशन दिएको छ । अहिले मौखिक रुपमै निर्देशन दिइएको समितिले जनाएको छ ।

बीमा समितिले गत चैत १० गते पूँजी बृद्धि गर्ने निर्णय गरेको थियो । पूँजी बृद्धिको निर्णयलाई कार्यान्वयनका लागि बैशाख १० गतेसम्म कम्पनीहरु सँग क्यापिटल प्लान माग गरिएको थियो भने २०७९ चैत मसान्त भित्र तोकिएको पूँजी पुर्याउन निर्देशन दिइएको छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिएको छ । कम्पनीहरुले उक्त पूँजी जुटाउन सिधै सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न पाउने छैनन् ।

बीमा समितिले कम्पनीहरुको संख्या घटाउन मर्जरमा दवाव दिने उद्देश्यले यस्तो निर्देशन दिएको हो । अहिलेसम्मको अवस्थामा हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । त्यस्तै युनियन लाइफ, प्राइम लाइफ र गुँरास लाइफले मर्जरको सहमति गरिसकेका छन् । अन्य कम्पनीहरुलाई पनि मर्जरमा जान समितिले दवाव दिइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS