IME Life

राष्ट्रिय बीमा कम्पनीले तोकिएको दर भन्दा कम पैसा दिए पछि सर्भेयरको विरोध, नदिए अदालत जाने

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सर्भेयरहरुलाई तोकिएको दर भन्दा कम पैसा दिए पछि बीमा सर्भेयर संघले यथासिघ्र भुक्तानी गर्न कम्पनीलाई चेतावनी दिएको छ । सर्भेयर संघका पदाधिकारीहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र राज ओझालाई भेटेर तिर्न बाँकी रकम भुक्तानीका लागि अनुरोध गरेका छन् । यदि कम्पनीले बक्यौता रकम नदिने हो भने अदालतको बाटो रोज्ने संघका अध्यक्ष मोहन पुरुष ढकालले जानकारी दिए ।

राष्ट्रिय बीमा कम्पनीले २०७३ सालमा नेपाल बीमक संघ र सर्भेयर संघको सहमतिमा तय भएको दर भन्दा धेरै कम दिए पछि सर्भेयरहरु आन्दोलनमा उत्रिएका हुन् । कम्पनीले सर्भेयरहरुलाई पारिश्रमिक नै नदिएको होइन तर सहमति बमोजिमको रकम नदिएकाले आन्दोलमा उत्रिन बाध्य हुनु परेको ढकालले बताए ।

Prabhu
Crest

निर्जीवन बीमा कम्पनीहरुमा क्षति मूल्याङ्कनका लागि सर्भेयर अपरिहार्य मानिन्छ । सर्भेयरको मूल्याङ्कनकै आधारमा बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्छन् । क्षतिको मूल्याङ्कनका आधारमा सर्भेयरहरुले बीमा कम्पनीहरुको तर्फबाट तोकिएको पारिश्रमिक पाउने छन् ।

तर राष्ट्रिय बीमा कम्पनीले भने पुर्व सहमति अनुसार पारश्रमिक दिएको छैन । तोकिएको रकम नदिएर कम्पनीले सर्भेयरको श्रम शोषण गरिरहेको उनिहरुको तर्क छ ।

गत महिना सर्भेयर एशोसिएसनले बीमा समितिकै एक कार्यक्रममा कम्पनीहरुले पारिश्रमिक नदिएको भन्दै गुनासो गरेका थिए । सर्भेयरको गुनासो पछि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीहरुले तिर्न बाँकी रकम तत्काल भुक्तानी दिनु भन्दै निर्देशन दिएका थिए ।

एशोसिएसनको भेटमा प्रमुख कार्यकारी अधिकृत ओझाले यो विषयलाई आफु एक्लैले समाधान गर्न नसक्ने भन्दै सञ्चालक समितिलाई जानकारी गराउने बताएका थिए । यो पारिश्रमिक नै नदिएको विषय होइन । पुर्वनिर्धारित दर अनुसार पारिश्रमिक नपाएको विषय भएकाले सञ्चालक समितिमा छलफल गरेर मात्रै निर्णय गरिने उनको भनाइ छ ।

नेपाल बीमक संघ सँगको सहमतिमा राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधिहरुको पनि सहमति सहित हस्ताक्षर रहेको हुँदा संझौता भङ्ग गर्न नमिल्ने उनिहरुको तर्क छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS