काठमाडौं । लुम्बिनी विकास बैंकले डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले १० वर्ष अवधिको ब्याजदर ११ प्रतिशत ब्यादरको ‘११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०८९’ जारी गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
बैंकले १ हजार अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब बराबरको ऋणपत्र जारी गर्न लागेको हो । उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
काठमाडौं डिल्लिबजार स्थित मुख्य कार्यालय रहेको लुम्बिनी विकास बैंकले देशका ७ ओटै प्रदेशमा ८३ ओटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।