IME Life

समितिले बीमा कम्पनीहरुलाई बैदेशिक भ्रमण रोक्दै गर्दा नेपाल पुनर्बीमाले सिइओलाई माल्दिभ्स लैजादै

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सम्पुर्ण बीमा कम्पनीका अभिकर्तालाई बैदेशिक भ्रमणमा रोक लगाउदै गर्दा नेपाल पुनर्बीमा कम्पनीले भने निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई भने माल्दिभ्स भ्रमण लैजाने भएको छ ।

कम्पनीले आगामी साता माल्दिभ्स घुमाउने भएको हो । पुनर्बीमाले सेमिनारको नाममा २० वटै निर्जीवन बीमा कम्पनीका सिइओलाई लैजादैछ । सरकारले व्यापार घाटा कम गर्न विभिन्न उपाय अपनाउदै गर्दा नेपाल सरकारकै लगानी भएको नेपाल पुनर्बीमाले भने लाखौ रुपैयाँ खर्चिएर माल्दिभ्स लैजान खोजेको हो ।

Prabhu
Crest

नेपाल पुनर्बीमाले तय गरेको यस कार्यक्रममा एक जना व्यक्तिको लागि कम्तिमा पनि एक लाख ५० हजार रुपैयाँ खर्च हुन्छ । नेपाल पुनर्बीमा र कम्पनीका सिइओहरु सहित ३० जना हाराहारीको उपस्थिति रहन सक्छ ।

यहि हिसावले पनि कम्पनीको कम्तिमा ४५ लाख रुपैयाँ खर्च हुन्छ । तर प्रमुख कार्यकारी अधिकृतहरुलाई लैजाने भएकाले यो रकम भन्दा धेरै खर्च हुने देखिन्छ । तुलनात्मक रुपमा माल्दिभ्स खर्चिलो देश हो । नेपालमा बैदेशिक मुद्राको सञ्चिती घटिरहेको छ । देश आर्थिक संकटमा जान सक्ने अनुमान गर्दै सरकारले सातामा दुई दिन विदा दिदै आएको छ ।

विलासिताको सामानलाई आयात गर्न प्रतिबन्ध लगाइएको छ । तै पनि आयात घट्न सकेको छैन । नेपाल राष्ट्र बैंकले महंगा गाडी तथा विलासिताको आयातका लागि एलसी खोल्न दिएको छैन । तर नेपाल पुनर्बीमाले भने सिइओ फकाउन विदेश भ्रमण गराउन थालेको हो ।

गत महिना कम्पनीले सम्पुर्ण बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई चितवन घुमाएको थियो । बीमा समितिले निजी स्तरको लगानी रहेको हिमालयन पुनर्बीमा कम्पनीलाई लाइसेन्स लिए सँगै नेपाल पुनर्बीमा कम्पनीले व्यवसाय विस्तारका लागि सिइओहरुलाई यस्तै सुविधाहरु दिन थालेको छ । एक हिसावले व्यवसाय विस्तारका लागि ठिक पनि हो । यहि काम निजी स्तरको पुनर्बीमा कम्पनीहरुले गर्दै गर्दा नेपाल पुनर्बीमा कम्पनीले चाहीँ गर्न नपाउने भन्ने होइन ।

तर समय परिस्थिति र अवस्था हेरेर यस्ता कार्यक्रमहरुको आयोजना गर्नु राम्रो मानिन्छ । स्वदेशमै दुई वटा पुनर्बीमा कम्पनीको स्थापनाको लाभ भने बीमा कम्पनीका सिइओहरुले उठाइरहेका छन् । गएका वर्षमा नेपाल पुनर्बीमा कम्पनी डाइरेक्ट सेसनमै रमाइ रहेको थियो । यस वर्ष समितिले उक्त डाइरेक्ट सेसन पनि खोसिदिएको छ । यसले पनि बजार विस्तारका रणनीतिहरु अपाउन थालेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS