प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित हिमालयन रिइन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा जेठ २७ गते हुने भएको छ । कम्पनीको बैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो । सभा होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो ।

सभाले सर्वसाधारणको लागि प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने रहेको छ । नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार