IME Life

भायानेटको २ सय एमबीपीएस इन्टरनेट ९९९ मा पाउन सकिने

SPIL
NIC ASIA

काठमान्डौं । भायानेट कम्युनिकेसन प्रा. लि. ले अब २ सय एमबीपीएसको इन्टरनेट सेवा प्रति महिना ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । भायानेटले आफ्नो ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अल्ट्रा–फाई लाइनअपहरू आकर्षक उपलब्ध गराउने भएको हो ।

१७५+ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायोटिभी सहितको बन्डल ११ सय रुपैयाँ प्रति महिनाको दरले वार्षिक सदस्यतामा लिन सक्नेछन् । यी दुवै योजनाहरूमा ५०० थपी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ । यो प्याकेज मार्फत भायोनेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य राखेको छ ।

Prabhu
Crest

त्यस्तै बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुई ओटा भायोटिभी सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३०० एमबीपीएस वार्षिक सदस्यता १२५० प्रति महिना र १५०० प्रति महिनाको आकर्षक मूल्यमा पाउने ब्यवस्था गरेको छ ।

कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकहरूको अल्ट्रा–फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको छ । यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा–फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने भायानेटको लक्ष्य रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS