IME Life

बैदेशिक रोजगार बीमाको विवरण तीन दिन भित्र पेश गर्न समितिको निर्देशन, अवदेखि समयमै पेश गर्नु

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले बैदेशिक रोजागर म्यादी जीवन बीमाको पुल व्यवस्थापक र नेपाल पुनर्बीमा कम्पनीलाई आम्दानी र दायित्वको बाँडफाँडको विवरण पेश गर्न निर्देशन दिएको छ । बीमा समितिले पुल व्यवस्थापक चार कम्पनीलाई तीन दिन भित्रमा र नेपाल पुनर्बीमा कम्पनीलाई १० दिन भित्र आवस्यक विवरण पेश गर्न निर्देशन दिएको हो ।

बैदेशिक रोजगार म्यादी जीवन बीमाको विवरण नपाउदा जीवन बीमा कम्पनीहरुले बीमाङ्कीय मूल्याङ्कन गर्न पाएका छैनन् । त्यसैले आज समितिले बैदेशिक रोगजारको बीमाङ्कीय मूल्याङ्कनको लागि सबै बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत र सिएफओलाई बोलाएर छलफल गरेको छ ।

Prabhu
Crest

छलफल पछि पुल व्यवस्थापकले तीन दिन भित्रमा र नेपाल पुनर्बीमा कम्पनीले ७ दिन भित्रमा विवरण पेश गर्ने सहमति भएको हो । यस विषयमा देखिएका कतिपय विवादलाई समाधान गर्ने उद्देश्यले समितिले साझा सहमति बनाउन बोलाएरै छलफल गरेको हो ।

पुल व्यवस्थापक र पुनर्बीमा कम्पनीले पुल मार्फत हुने हिसाव कितावको आम्दानी र दायित्वको बाँडफाँड नगर्दा बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बीमाङ्कीय मूल्याङ्कन तथा लेखापरीक्षण प्रतिवेदन तयार पार्न सकिरहेका छैनन् ।

कुल बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायबाट आर्जित बीमाशुल्कको २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीलाई प्रत्यक्ष हिस्साको रुपमा पठाउने व्यवस्था छ । पुल सञ्चालक चार वटा बीमा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बीमाशुल्कको ५ प्रतिशत व्यवस्थापन खर्चमा प्रयोग गर्न पाउछन् ।

पुल संचालक ४ वटा बीमा कम्पनीहरुले आफूले आर्जन गरेको कुल बीमा शुल्कको १५ प्रतिशत रकम आफ्नो हिस्सा कायम गरी बाँकी रकम पुलमा सहभागीसबै बीमकहरुलाई बराबर बाँडफाँड गर्ने सहमति रहेको छ ।

त्यस्तै दायित्वको बाँडफाँड गर्दा पनि २० प्रतिशत दायित्व नेपाल पुन्बीमा कम्पनीले ब्यहोर्ने व्यवस्था छ । पुल सञ्चालक चार वटा बीमा कम्पनीहरुले आफुले प्राप्त गरेको कुल हिस्साको आधारमा दायित्व व्यहोर्नु पर्ने व्यवस्था छ ।

सहमति अनुसार पुलमा सहभागी बीमकहरुले बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय सम्बन्धी सम्पुर्ण विवरण प्रत्येक त्रैमाश समाप्त भएको मितिले ७ दिन भित्र पुल व्यवस्थापक नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य पठाउने सहमति छ । त्यस्तै पुल व्यवस्थापक नेपाल पुनर्बीमा कम्पनीले प्रत्येक त्रैमाश समाप्त भएको मितिले १४ दिन भित्र बीमा कम्पनीहरुको हिस्सा बाँडफाँड गरी सबै सहभागी बीमकहरुलाई पठाउनु पर्ने व्यवस्था छ । तर पुल व्यवस्थापक र नेपाल पुनर्बीमा कम्पनीले विवरण नदिदा बीमा समितिले नै बोलाएर सहमति गराउनु परेको हो ।

आजको छलफलमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबैलाई आ-आफ्नो विवरण समयमै पुरा गर्न निर्देशन दिएका छन् । यहि तथ्याङ्कले बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कन तथा वित्तीय विवरण तयार पार्न समस्या भइरहेको हुँदा समयमै आवस्यक तथ्याङ्क पेश गर्न उनले अनुरोध गरेका हुन् । छलफल पछि सबैले सहमति जनाएर फर्किएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS