दुई कम्पनीले बोर्डबाट पाए आइपीओ निष्काशनको अनुमति

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आइपीओ निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । यी कम्पनीले बोर्डबाट जेठ १० गते अनुमति पाएका हुन् ।

आदर्श लघुवित्तले ६७ हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यसैगरी राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ लाख ४१ हजार ४१० कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ ।कम्पनीले पहिलो चरणमा स्थानीयय बासिन्दाको लागि आइपीओ निष्काशन गर्नेछ । शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार