IME Life

महालक्ष्मी लाइफले संस्थापक सँग माग्यो थप ५० प्रतिशत पूँजी, यस्तो छ ५ अर्ब पुर्याउने क्यापिटल प्लान

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफले आफ्नो क्यापिटल प्लान अन्तर्गत पहिलो चरणमा विध्यमान संस्थापक शेयरधनीहरु सँग थप ५० प्रतिशत पूँजी आह्वान गरेको छ । कम्पनीको बैशाख २५ गते बसेको विशेष साधारणसभाको विशेष निर्णय बमोजिम असार ९ गतेसम्ममा हाल कायम शेयरधनीहरु सँग ५० प्रतिशत अर्थात ७० करोड रुपैयाँ पूँजी थप गर्न सूचना जारी गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । अहिले संस्थापकहरु सँग आह्वान गरिएको ५० प्रतिशत थप पूँजी पस्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । यस लगत्तै कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत आइपिओ जारी गर्नेछ । जसबाट कम्पनीले ९० करोड रुपैयाँ उठाउने छ । आइपिओ निष्काशन पछि कम्पनी चुक्ता पूँजी तीन अर्ब रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

यस पछि कम्पनीले १० प्रतिशत बोनस शेयर दिनेछ । बोनस शेयर दिएर नपुग पूँजीका लागि कम्पनीले मर्जर गर्ने योजना बनाएको छ । क्यापिटल प्लानमा उल्लेख भए अनुसार कम्पनीले १० प्रतिशत बोनस शेयर र मर्जर पछि थप २ अर्ब २० करोड रुपैयाँ जुटाउनेछ ।

यसरी ५० प्रतिशत संस्थापक सँग उठाएको पूँजी, ९० करोड रुपैयाँको आइपिओ, १० प्रतिशत बोनस शेयर सहित मर्जरबाट २ अर्ब २० करोड सहित ५ अर्ब २० करोड रुपैयाँ जुटाउने कम्पनीको योजना छ ।

बीमा समितिले गत चैत १० गते सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । समितिले बैशाख १० गतेसम्म पूँजी बृद्धि योजना पेश गर्न निर्देशन पनि दियो । अव कम्पनीले २०७९ चैत मसान्त भित्र तोकिएको पूँजी जुटाउनु पर्नेछ । यदि मर्जरमा गएर पूँजी जुटाउने हो भने कम्पनीहरुले २०८० भित्रमा जुटाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS