नेपाल लाइफको स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको संस्थापक शेयर विक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक शेयर विक्रीमा गर्ने भएको छ ।

कम्पनीले उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । उक्त शेयरको मुल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापहरूले मात्र तोकिएको अवधिभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निवदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुलाई विक्री गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार