सातै प्रदेशमा रक्तसञ्चार केन्द्र स्थापना गरिने

काठमाडौं । सरकारले सबै प्रदेशमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने नीति बनाएको छ । आज राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको समन्वयमा सबै प्रदेशका सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिने बताइन् ।

केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधासम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परीक्षण सरल र सहज रुपमा हुने व्यवस्था मिलाइने सरकारको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार