SKIP THIS

IK Anniversary
IME Life

१६ अंकले बढ्यो नेप्से, दुई उपसूचक बाहेक सबैमा छायो हरियाली

SPIL
NIC ASIA

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेको छ । हिजो घटेको नेप्से आज १६ दशमलव ३२ अंकले बढेर २,२१७ दशमलव १९ को विन्दुमा कायम भएको छ । आज १४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज ३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२४ वटा कम्पनीको ३१ लाख ७३० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया संस्थापक शेयर कारोबार भएको छ । कम्पनीको संस्थापक शेयर ४ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । अपर तामाकोशीको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

अरुण भ्याली आइड्रोपावर कम्पनीको ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४११ रुपैयाँ रहेको छ । त्यस्तै नविल बैंकको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । अपर तामाकोशीका लगानीकर्ताले ५ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् । विजय लघुवित्तका लगानीकर्ताले ४ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जा विकासका लगानीकर्ताले ४ दशमलव ३४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS