IME Life

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर विक्रीका लागि बैशाख १९ गतेदेखि बैशाख २७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र माग गरेको थियो ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते निष्काशन कर्ता कम्पनी र विक्री प्रबन्धकका प्रतिनिधिहरुको रोहवरमा खोली जेठ ९ गते प्रचलित कानून बमोजिम बाँडफाँड गरिएको हो । बाँडफाँडमा नपरेको शेयर वापतको रकम जेठ १६ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको उक्त हकप्रद शेयर बाँडफाँडको अन्तिम मूल्य ९३६ रुपैयाँ रहेको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ७५ करोडको आधारमा १ः०.३ अनुपातमा १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित बाँकी हकप्रद शेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी २ अर्ब २८ करोड पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS