IME Life

सगरमाथा अक्सिजन प्लान्ट विस्फोट व्यवस्थापकको असावधानीले भएको निष्कर्ष

SPIL
NIC ASIA

काठमाडौं । पाटन औद्योगिक क्षेत्र ललितपुरस्थित सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा गत वैशाख ८ गते २ जनाको मृत्यु र ५ जना घाइते हुने गरी भएको सिलिण्डर बिष्फोट घटनाको छानविन गर्न गठित समितिले माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समक्ष अध्ययन प्रतिवेदन पेश गरेको छ।

सोमबार समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडुले अध्ययन समितिले गरेको सिफारिस र सुझावलाई कार्यान्वयन गर्न सम्बन्धीत निकायलाई निर्देशन दिए । उनले यस्तो दुखद घटना फेरि दोहोरिन नदिन सबै पक्ष सजग र सचेत रहनुपर्ने बताए ।

Prabhu
Crest

छानविन समितिले बिष्फोट भएको सिलिण्डर कम्तिमा १० वर्ष पुरानो भएको, तोकिएको वर्किङ्ग प्रेसरभन्दा बढी प्रेसरको अक्सिजन ग्यास भरिएको निष्कर्ष निकालेको छ । आवश्यक परीक्षण नगरी कम चाप बहन क्षमताको पुरानो र कमजोर सिलिण्डरमा बढी प्रेसर (140kgf/60kgf/cm2) ग्यास भर्दा दुर्घटना भएको छानविन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै कामदारमा न्यूनतम प्राविधिक योग्यता र तालिम नभएको पाइएको छ । उद्योग व्यवस्थापकको असावधानी देखिएको भन्दै यस्तो संवेदनशील उद्योगको नियमनको मापदण्ड नहुँदा नियामक निकायको नियमिति अनुगमन नहुनुजस्ता कारणले दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

यसैगरी समितिले आगामी दिनमा ग्यास उद्योगहरुमा यस्ता घटना दोहोरिन नदिन सबै ग्यास उद्योगले अनिवार्य रुपमा आफ्ना सिलिण्डरहरु मात्र रिफिलिङ्ग गर्ने, सिलिण्डर जाँच गरी गुणस्तरहीन र पुराना सिलिण्डरहरु यथाशीघ्र डिस्पोज गर्ने, सरकारले तत्काल गुणस्तर मापदण्ड बनाई लागू गर्नुपर्ने, योग्यता पुगेका वा तालिमप्राप्त अपरेटरबाट मात्र प्लान्ट सञ्चालनको व्यवस्था गर्ने, हाल कार्यरत श्रमिकहरुको सीप परीक्षणका लागि सिटिइभीटिलाई अनुरोध गर्नेलगायतका सुझावहरु दिएको छ ।

यसैगरी सिलिण्डर बिष्फोट भएको सगरमाथा अक्सिजन नेपाल प्रालिलाई पुनः सञ्चालन गर्न श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ बमोजिम अनुमति लिएर सबै चेकजाँच तथा आवश्यक मर्मतपछि मात्रै पुनः सञ्चालन गर्नुपर्ने पनि समितिले सुझाव दिएको छ ।

विस्फोट भएकै दिन मन्त्री बडुको निर्देशानुसार मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरिएको थियो । समितिमा गृहमन्त्रालयका उपसचिव तुलसी प्रसाद दाहाल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका वरिष्ठ निरिक्षक सन्तोष शर्मा, नेपाल गुणस्तर तथा नापतौल विभागका मेकेनिकल इञ्जिनियर रमेश सुतिहार, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निर्देशक सञ्जयलाल मानन्धर र मन्त्रालयका उपसचिव भीमबहादुर कुँवर सदस्य—सचिव रहेका थिए ।

यस दुर्घटनाबाट कम्पनीलाई ३० करोड रुपैयाँको क्षति भएको थियो । तर कम्पनीले बैंकिङ कर्जाका लागि तीन करोड रुपैयाँको मात्रै बीमा गर्दा क्षतिपुर्ती नपाउने भएको छ । सरकारले गरेको छानविनमा पनि उद्योग व्यवस्थापनकै असावधनी देखिएको हुँदा सरकारबाट पनि राहत पाउने देखिदैन ।

सगरमाथा अक्सिजन प्लान्टमा ३० करोडको क्षति हुँदा बीमा जम्मा तीन करोडको मात्रै !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS