IME Life

नेपाल राष्ट्र बैंकले ३ अर्बको नागरिक बचतपत्र विक्री गर्दै, कति पाईन्छ ब्याज ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ १२ गतेदेखि ३ अर्ब ३ करोड ६ लाख ६० हजार बराबरको नागरिक बचतपत्र विक्री गर्ने भएको छ । राष्ट्र बैंकले पाँच वर्षे अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको नागरिक बचतपत्र विक्री गर्न लागेको हो ।

यस बचतपत्रमा जेठ १२ गतेदेखि जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिने जनाएको छ । यस बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउने जानकारी राष्ट्र बैंकले दिएको छ ।

Prabhu
Crest

इच्छुक खरीदकर्ताहरुले यो बचतपत्र खरीदका लागि न्यूनतम १० हजारदेखि अधिकतम १० हजारले माग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सक्नेछन् । असार ८ गतेदेखि निष्काशन गरिने यस बचपत्रको साँवा भुक्तानी मिति २०८४ साल असार ८ गते तय भएको छ ।

यस बचतपत्रको ब्याज आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू,बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS